काठमाडौं –सोमबारको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्यमा ६.५२ रूपैयाँ बढाउँदै प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको छ।
यसअघि कच्चा दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो। हाल लिटरमा १३.१७ प्रतिशत अर्थात् ६.५२ रुपैयाँले वृद्धि भएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।
प्रत्येक वर्ष मूल्य समायोजन हुँदै आए पनि पछिल्लो साढे दुई वर्षयता दूधको मूल्य समायोजन हुन सकेको थिएन ।