सञ्चारमन्त्री कार्कीलाई अनेरास्ववियूले देखायो कालो झण्डा

.

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूले सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई कालो झण्डा देखाएको छ ।

मंगलबार बिहान अनेरास्ववियूले पुल्चोकस्थित मन्त्री क्वार्टरअगाडि प्रदर्शन गर्ने क्रममा सञ्चारमन्त्री कार्की चढेको गाडीको बाटो छेकेर कालो झण्डा देखाएका हुन् । आन्दोलनरत अनेरास्ववियुका कार्यकर्ताले मन्त्री कार्कीको सवारीलाई केहीबेर अवरोधसमेत गरेका थिए पछि प्रहरीले हटाएकाे थियाे ।

प्रदर्शनमा सहभागीले ‘स्थानीय तहका चुनावको मिति घोषणा गर, चुनाव सार्न पाइँदैन, संविधान र लोकतन्त्रको रक्षा गर’ जस्ता नारा लगाएका थिए। २०७९ जेठको पहिलो हप्ता स्थानीय तहका पदाधिकारीहरुको पाँच वर्षे अवधि समाप्त हुने भएकाले तत्काल मिति घोषणा गर्नुपर्ने सरकारसँग उनीहरुकाे माग छ ।