अनाधिकृत संरचना सात दिनभित्र नहटे कानून अनुसार कारबाही गर्ने महानगर चेतावनी

.

काठमाडौं -काठमाडौं महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनाधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको छ ।

 

तोकिएको समयमा संरचना नहटाए कानून अनुसार कारबाही गर्ने महानगरले चेतनावाी दिएको छ ।महानगरले सुचना प्रकाशन गर्दै नदी बहाव, नदी उकास, नदी निकार र नदी करिडोरको सार्वजनिक क्षेत्रमा संरचना निमार्ण तथा अनाधिकृत रुपमा कब्जा गरी भोगचलन गरिरहेको सबै सरोकारवालालाई संरचना हटाउन निर्देशन दिएको हो ।

 

काठमाडौं महानगरपालिकाका सहायक प्रवक्ता दिपक अधिकारीले नदी किनारमा बनेका अनाधिकृत बस्तिहरु सात दिन भित्र हटाउन निर्देशन दिइएको बताए । उनले भने,‘ महानगपालिका भित्र बग्ने नदी किनारमा बनाइएका अनाधिकृत बस्ती सात दिनभित्र हटाउन निर्देशन दिइएको छ । महानगरले यो भन्दा पहिला पनि बस्ति हटाउन भनेको थियो । तर, त्यसबेला सुचना सर्वजनिक गरिएको थिएन । अहिले भने आधिकारिक रुपमा सुचना निकालिएको छ ।’