प्रधानमन्त्रीको आईटी विज्ञमा दिपेश विष्ट नियुक्त

.

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको आईटी विज्ञमा दिपेश विष्ट नियुक्त भएका छन्।

सोमबारको मन्त्रिपरिषद् बैठकले विष्टलाई प्रधानमन्त्रीको आईटी विज्ञमा नियुक्त गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठकले विष्टलाई प्रधानमन्त्रीकाे विज्ञमा नियुक्त गरेकाे सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

विष्ट कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागमा कार्यरत थिए।