जनताको जीवनमा परिवर्तन नभएको बेला टेलिभिजनले नयाँ आशा दिलाउनुपर्छ : सभामुख घिमिरे

.

काठमाडौं – सभामुख देवराज घिमिरेले नेपाल नेट्वर्क टेलिभिजन एनएनटीभीले सच्चाईलाई उजागर गर्ने विश्वास व्यक्त गरेका छन् ।

 

उनले गन्तव्यलाई स्पष्ट गर्ने समाजवाद हुदैँ समृद्ध जीवन बिताउने नेपालीलाई प्रेरित गर्ने उद्देश्यले एनएनटीभीले काम गर्नु पर्ने बताए ।
आइतबार एनएनटीभीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले राजनीतिक परिवर्तन भईरहेको अवस्थामा जनताको जीवनमा परिवर्तन नभएको भन्ने आलोचना र निराशा आएको बेलामा यो टेलिभिजन नयाँ आशाका साथ आएको विश्वास व्यक्त गरे ।

 

उनले भने, नेपालमा राजनीतिक क्षेत्रको महत्वपूर्ण परिवर्तन भइसकेपछि नि जनताको जीवनमा परिवर्तन भएन भन्ने आलोचना र निराशा आएको बेलामा सञ्चार क्षेत्रमा श्रव्य, दृश्यको माध्यमबाट सच्चाईलाई उजागर गर्ने, गन्तव्यलाई स्पष्ट गर्ने समाजवाद हुदैँ समृद्ध जीवन बिताउने नेपाल र नेपालीहरुलाई प्रेरित गर्ने त्यसमा एउटा महत्वपूर्ण सूचनाको हक राखेका जनताहरुलाई ठूलो सहयोग पु¥याउने समेत उद्देश्य राखेर यो टेलिभिजनको उद्घाटन भएको ठानेको छु ।

 

सभामुख घिमिरेले नेपालमा टेलिभिजनहरुको प्रतिष्पर्धा भएको बेला तथ्य कुराहरु उजागर गर्दै गलत कामलाई बाहिर निकाल्ने उद्देश्यले एनएनटीभीले काम गर्नु पर्ने बताए ।