काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले नेपाल नेटवर्क टेलिभिजन एनएनटीभीलाई समाजमा रहेको निराशालाई चिर्ने गरि कार्यक्रमहरु प्रस्तुत गर्न सुझाब दिएका छन् ।
आईतबार नेपाल नेटवर्क टेलिभिजनको समुद्घाटन कार्यक्रममा उनले कुनै पनि नयाँ काम गर्दा चुनौतीको सामना गरी अगाडि बढ्नुपर्ने बताए ।
उनले भने,‘ नयाँ च्यानल सुरु गर्नु भईरहेको छ, तपाइले नयाँपन दिन खोज्नु भएको छ । हामीलाई रमाईलो लाग्यो कहिलेबाट सुरु हुन्छ जस्तो लागेको छ, व्यवस्थापन पनि राम्रो छ । कुनै पनि नयाँ काम गर्दा चुनौतीको सामना गर्नुपर्छ । नेपालमा धेरै च्यानल छ त्यसमा राम्रो कार्यक्रम ल्याउनु भयो भने खास गरि समाजमा रहेको निराशालाई चिर्ने गरि र सत्य तथ्य कुरालाई उजागर गर्ने गरि राम्रा कुरालाई प्रेरित गर्ने गरि कार्यक्रमहरु प्रस्तुत गर्नु भयो भने राम्रो पक्षलाई लिएर आउने हो भने छुट्टै पहिचान बनाउन सक्नुहुन्छ ।’