सरकारले वित्तीय सामान्यीकरणको अनुदान बापत स्थानीय तहलाई ४० प्रतिशत रकम दिने

.

काठमाडौं – सरकारले स्थानीय तहलाई ४० प्रतिशत वित्तीय सामान्यीकरणको अनुदान रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

 

सरकारले गत बैशाख २ गते २०७९÷०८० मा स्थानीय तहलाई हस्तान्तरण गर्न बाँकी अन्तिम किस्ताको वित्तीय सामान्यीकरणको अनुदान रकम ५० प्रतिशत कटौती गर्ने निर्णय गरेको थियो ।

 

आज बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णयलाई सच्चाएर स्थानीय तहलाई वित्तीय सामान्यीकरणको अनुदान बापत दिने अन्तिम किस्ताको रकममा ४० प्रतिशत उपलब्ध गराउने निणर्य गरेको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिईन् ।

 

उनले भनिन्, ‘आर्थिक वर्ष ०७९÷८० मा स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी अन्तिम किस्ताको वित्तीय सामान्यीकरणको अनुदानको जुन रकममा ५० प्रतिशत अर्थात्, पाँच अर्ब नौ करोड जुन स्थानीय तहलाई दिनुपर्ने हो,त्यसको ४० प्रतिशत स्थानीय तहलाई हस्तान्तरण गर्ने निर्णण भएको छ ।’