काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले समयअनुसार पेट्रोलिम पदार्थबाट चल्ने ट्याक्सीभन्दा इलोक्ट्रोनिक ट्क्याक्सीतर्फको यात्रा थाल्न ब्यवसायी र चालकहरुलाई आग्रह गर्नुभएको छ ।
मन्त्री ज्वालालाई भेट्न सिंहदरवार पुगेका ट्याक्सी ब्यवसायीलाई सरकार इलोक्ट्रोनिक भेकल (इभी) मा जानेगरी कानुन निर्माणको तयारीमा रहेकोले समयअनुसार चल्ने तयारी गर्न आग्रह गर्नुभएको छ ।
‘इलोक्ट्रोनिक भेकलतिर जानेगरी कानुन निर्माणको तयारीमा छौ, तपाईहरुले पनि त्यही प्रकारको यात्रा थाल्न म आग्रह गर्दछु’ मन्त्री ज्वालाले भनुभयो । ट्याक्सी ब्यवसायीले इम्वोष्ट नम्वर देवनागिरीमा हुनुपर्ने, एइई सकेका सवै विद्यार्थीलाई लाइसेन्स दिनेगरी तालिमको ब्यवस्था गर्नुपर्ने, लामो दुरीमा विरामी लिँदा अस्थायी रोड परमिट दिनुपर्ने जस्ता मागहरु राखेका थिए ।
काठमाडौं उपत्यकामा मात्र १२ हजार ३ सय ट्याक्सीहरु सञ्चालनमा छन् । इन्धनबाट चल्ने यी ट्याक्सीको संख्या घटाउने र विद्युतिय ट्याक्सीको संख्या बढाउँदै जानेमा ब्यवसायीहरु पनि सकारात्मक रहेका छन् । मन्त्री ज्वालाले ट्याक्सी ब्यवसायीको पहिचान खुल्नेगरी ड्रेसको ब्यवस्था गर्न र अनलाइन सेवामा पनि जान आग्रह गर्नुभएको छ ।