मन्त्रीपरिषद् बैठक : राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत

.

काठमाडौं -सरकारले, राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत गरेको छ ।

 

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले, राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत गरेको गर्ने निर्णय गरेको हो ।

 

त्यस्तै बैठकले, बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसदमा पेश गर्न स्वकृति दिने तथा ५ रुपैयाँ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र

 

बैंकलाई स्वीकृति दिने निर्णय भएको संचारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

 

आज भएका बाँकी निर्णय नियमित पत्रकार सम्मेलनबाटै जानकारी गराइने उनको भनाई छ ।