काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा पाल्पाका कृष्ण कार्की नियुक्त भएका छन् । मन्त्रिपरिषदको बैठकले कार्कीलाई आगामी ४ वर्षे कार्यकालका लागि नियुक्त गरेको हो ।
छनोट समितिले यस अघि तीन जनाको नाम संक्षिप्त सूची (सर्टलिस्ट) गरेर मन्त्रिपरिषद्मा पठाएको थियो । यसअघि ११ आवेदकहरुबाट ५ जनाको नाम सर्टलिस्ट गरिएको थियो । पाँचमध्येबाट छनोट समितिले कार्की, रमेश भण्डारी र केशव श्रेष्ठको नाम सर्टलिस्टमा पारेको थियो ।