लिबियाले ४८६ जना अवैध प्रवासीहरुलाई आफ्नै मुलुकमा पठायो

.

लिबियाका आन्तरिकमन्त्री इमाद अल ताराबेल्सीले ४८६ जना अवैध प्रवासीहरुलाई उनीहरुकै देशमा पठाइएको बताउनुभएको छ । घोषणापछि आयोजित पत्रकार सम्मेलनमा मन्त्रीले त्यसमध्ये २९४ जना नागरिक मिश्रका रहेको बताउनुभएको हो । उहाँले निर्वासित नागरिकमा ट्युनिसियाली अधिकारीद्वार निष्कासित भइसकेपछि हालै ट्युनिसियामा फसेका मानिसहरु सामेल छन् ।
उहाँले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय समुदाय र युरोपीय संघले यस्ता घटना हुन नदिन लिबियालाई सघाउन जरुरी रहेको छ । लिबियामा ठूलो संख्यामा प्रवासीहरु छन् ।’
आन्तरिक मामिला मन्त्रालयले मानव तस्करहरुलाई पक्राउ गर्न र उनीहरुलाई कानूनी प्रक्रियाबाट अघि बढाउन सुरक्षा बिस्तारको योजना अघि सारेको छ । र यसलाई भविष्यमा झनै तिब बनाउने आन्तरिक मन्त्रीले बताउनु भयो ।