गौहत्याको विरोध गर्दै काठमाडौंमा सद्भाव र्‍याली

.

गौहत्याको विरोध गर्दै काठमाडौंमा सद्भाव ¥याली निकालिएको छ ।वैदिक सनातन धार्मिक महासंघको आह्वानमा शनिवार काठमाडौंको माईतीघरमण्डलादेखि नयाँ बानेश्वरसम्म गौहत्याको विरोधमा शान्तिपूर्ण सद्भाव ¥याली निकालिएको हो । ¥यालीमा सहभागी भएकाहरुले गौहत्यारालाई कारबाही गर्न सरकारसँग माग गर्दै नाराबाजी लगाएका थिए । उनीहरुले क्रिश्चियन धर्मको प्रचारबाजी निषेध गर्न पनि सरकारलाई दबाब दिएका थिए ।नेपालमा आफ्नो धर्म, संस्कृति विरोधी गतिविधि बढेकाले आफूहरुले त्यसको संरक्षणको निम्ति प्रदर्शन गर्नु परेको ¥यालीमा सहभागीहरुले बताएका छन् । राष्ट्रिय झण्डासहित सहभागी भएका उनीहरुले हिन्दु राष्ट्र नै नेपालमा कायम हुनुपर्ने जिकिर समेत गरेका छन् ।