लिबियाको आँधिप्रति संयुक्त राष्ट्रसंघका महसचिवद्वारा दुःख व्यक्त, मृतकको संख्या ३ हजार ६० पुग्यो

.

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले लिबियाको आँधीका कारण ज्यान गुमाउनेहरुप्रति दुःख व्यक्त गर्नुभएको छ । मंगलवार गुटेरेसका प्रवक्ता स्टेफेन डुजारिकले नियमित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराएका हुन् । ड्यानियल आँधीका कारण भएको मानवीय र धनको क्षतिमा संघ दुःखी भएको प्रवक्ताले बताए । उहाँले आफूहरु लिबियालाई सहयोग गर्न तयार रहेको बताउनु भयो ।

लिबियाको पूर्वी शहर डेरनामा आईतवार आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या ३ हजार ६० पुगेको छ भने ५ हजार २ सय जना बेपत्ता छन् ।