प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका शिर्ष नेता किम जोङ उनले रुससँग उत्तर कोरियाको सम्बन्ध विकास गर्नु आफ्नो लागि उच्च प्राथमिकताको विषय भएको बताउनुभएको छ । बुधवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो । उहाँले रुस र उत्तर कोरियाको मित्रता गहिरो रहेको भन्दै रुससँगको सम्बन्ध आफ्नो देशका लागि उच्च प्राथमिकतामा रहेको बताउनु भयो । उहाँले रुसको सुदूरपूर्वको अमुर क्षेत्रस्थित भोस्टोचनी स्पेसपोर्टमा रुसी राष्ट्रपति पुटिनसँग भेट गर्नुभएको थियो । रुसी राष्ट्रपतिलाई आफूलाई भ्रमण गर्न निमन्त्रणा गरेकोमा धन्यवाद दिँदै भ्रमण महत्वपूर्ण समयमा भएको बताउनु भयो । उहाँले दिव्पक्षीय वार्ताले सम्बन्धलाई नयाँ उचाईमा पु¥याउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।
रुससँग उत्तर कोरियाको सम्बन्ध विकास गर्नु उच्च प्राथमिकताः किम जोङ उन