संविधान सभाका अध्यक्ष एवं पूर्वसभामुख तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि आज हुँदैछ । आज बिहान बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ उहाँको पार्थिव शरीरको अन्त्येष्टि गरिने भएको हो । सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उहाँको सोमवार राति हृदयाघातका कारण निधन भएको थियो ।
दिवंगत नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि हुँदै