जोर्डनका राजाद्वारा लिबिया घटनाप्रति शोक व्यक्त

.

जोर्डनका राजा अब्दुल्लाह द्वितीयले पूर्वी लिबियामा बाढीबाट पीडितप्रति समवेदना व्यक्त गर्दै मानवीय सहायतासहितको हवाइ जहाज राहत र उद्धार कार्यका लागि लिबिया पठाउन निर्देशन दिनुभएको छ । बुधवार जोर्डनले मानव सहायताले भरिएको जहाज लिबिया पठाएको हो । राजा अब्दुल्लह द्वितीयले मंगलवार लिबियाको प्रेसिडेन्सी काउन्सिलका अध्यक्ष मोहम्मद मेन्फीलाई फोनमा शोक सन्तप्त परिवारप्रति सहानुभुति प्रकट गर्दै घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको थियो । जोर्डनले बाढी प्रभावित क्षेत्रमा कम्बल, लता कपडा र खाद्यान्नसहित जहाज पठाएको बताएको छ । पूर्वी लिबियामा आएको विनाशकारी बाढीका कारण अहिलेसम्म मृत्यु हुनेको संख्या ५ हजार ५ सय पुगेको छ भने अन्य ७ हजार घाइते छन् ।