टर्कीमा एक कोइला खानी भत्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । बधुवार खानी भत्किएको सरकारी सञ्चारमाध्यम टिआरटीले जनाएको हो । जोन्गुल्डक प्रान्तको एरेग्ली जिल्ला नजिकैको सरकारी स्वामित्को टर्किस हार्ड कोल इन्टरप्राइजेजको कोइला खानी के कारणले भत्कियो भन्ने थाहा पानउ नसकिएको बताइएको छ । जोन्गुल्डकका गभर्नर ओस्मान हासिबेकटासोग्लुले एनटिभी प्रशारकलाई चार कामदारहरु पुरिएको बताउनुभएको थियो । खानीमा २८० जना कामदार रहेको बताइएको छ ।
टर्कीमा कोइला खानीमा पुरिँदा एकको मृत्यु, ३ घाइते
