प्रधानमन्त्री पुष्पकमल दाहालले १९ औं एसियाडमा सहभागी हुने नेपाली खेलाडीलाई बिदाई गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री दाहालले १९ खेलका खेलाडीलाई बिदाई गर्नुभएको हो । आगामी सेप्टेम्बर २३ देखि चीनको हानझाओ शहरमा हुने १९ औं एसियाडमा कुल २९ खेलमा नेपालका दुई सय ५३ खेलाडीले चुनौति प्रश्तुत गर्दैछन् । एसियाडमा सहभागी हुने ८ खेलका खेलाडी वैदेशिक प्रशिक्षण र दुई खेलका खेलाडी उपत्यका बाहिर प्रशिक्षणमा रहेकाले १९ खेलका खेलाडीको मात्र बिहीवार प्रधानमन्त्री पुष्पकमल दाहालले बिदाई गर्नुभएको छ । कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिगबहादुुर लिम्बूले सिंगो नेपाली जनताको नेपाली खेलाडीहरूको साथ रहने उल्लेख गर्दै उच्च मनोबलका साथ प्रदर्शन गर्न प्रोत्साहन गर्नुभयो । अन्तर्राष्ट्रिय प्रतिष्पर्धा गर्न जाँदा नेपाली खेलाडी विमानस्थलमा घन्टौंसम्म लाइनमा बस्नुपर्ने दुखद् अवस्था सिर्जना हुँदै आएकाले आगामी दिन उनीहरूका लागि रातो पासपोर्ट बनाउने प्रस्ताव आफूले अगाडि बढाउने मन्त्री लिम्बूले बताउनु भयो ।
सोही कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले तीन चरणको छनोट प्रतियोगिताबाट स्वदेश र विदेशमा प्रशिक्षण गरी तयारी गरेका नेपाली खेलाडीले १९औं एसियाडमा सुखद नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो । सोही एसियाडमा जाने नेपाली खेलाडीहरूको बिदाई समारोहमा राखेप सदस्यसचिव घिसिङले नेपाली खेलाडीहरूको तयारी राम्रो रहेको उल्लेख गर्दै नतिजा पनि सुखद हुने आशा व्यक्त गर्नुभएको हो । एसियाडकै तयारीका क्रममा नेपाली खेलाडीले अन्तर्राष्ट्रिय एक्सपोजर पनि पाएको र चरणवद्ध प्रशिक्षणको तयारी पनि राम्रो भएकाले सुखद् नतिजा आउने राखेप सदस्यसचिव घिसिङले बताएका छन् ।
चीनकै गोङझाउ शहरमा आयोजना भएको दशौं एसियाडमा काँस्य पदक विजेता बक्सर दीपक महर्जन १९ औं एसियाडको उद्घाटन समारोहअगाडि हुने टर्च ¥यालीमा सहभागी हुनेछन् । उनले सेप्टेम्बर १८ मा नेपालको प्रतिनिधित्व गर्दै टर्च बोक्ने राखेप सदस्यसचिव घिसिङले बताउनु भयो । राखेपका सदस्यसचिव घिसिङले सबै देशको आ–आफ्नो तयारी भएपनि नेपाली खेलाडी देशको गौरव र झण्डा उचो पार्ने उद्देश्यअनुरूप जितको संकल्प बोकेर १९ औं एसियाडमा प्रदर्शन गर्ने अठोट व्यक्त गर्नुभएको छ ।
१९औं एसियाडमा ४५ राष्ट्रका १२ हजार पाँच सय खेलाडीले कुल ४० खेलमा चार ८१ विधामा चुनौती प्रश्तुत गर्दैछन् । नेपालका तर्पmबाट एक सय २७ महिला र एक सय २६ पुरुष खेलाडीले चुनौति प्रश्तुत गर्ने भएका छन् । बिदार्ईका अवसरमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले कुनै पनि अन्तर्र्राष्ट्रिय प्रतिष्पर्धा अगाडि समयमा नै सरकारद्वारा बजेटको सुनिश्चिता भएर नेपाली खेलाडीले तयारी गर्न पाए उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
राखेपले विगतको प्रदर्शन र वर्तमानको नतिजाको आधारमा तेक्वान्दो, कराते र बक्सिङका खेलाडीलाई पहिलो प्राथमिकतामा राखेर तयारी गर्दै आएको थियो । यी खेलमध्ये बक्सिङ र तेक्वान्दोका खेलाडी वैदेशिक प्रशिक्षणमा सहभागी भयो भने करातेका खेलाडीले नेपालीमा नै प्रशिक्षण गरेका थिए । नेपाली भलिबल टोली शनिबार चीन प्रस्थान गरेसँगै नेपाली टोलीको एसियाडको यात्रा सुरु हुनेछ । नेपाली टोलीको सेफ दी मिसन राखेप सदस्यसचिव टंकलाल घिसिङ, डेपुटी सेफ दी मिसन राखेप बोर्ड सदस्य अञ्जन धमला र ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्दराज वैद्य छन् ।