चीनको फलाम खानीमा रिमोट कन्ट्रोल प्रविधि लागू

.

उत्तरी चीनको हेबेई प्रान्तको शिङसान फलाम खानीमा रिमोट कन्ट्रोल प्रविधि लागू भएको छ । अब फलाम खानीका प्राविधिकहरुले टाढैबाट भूमिगत खानी गतिविधिहरुमाथि निगरानी र नियन्त्रण गर्नसक्ने भएका हुन् । प्राविधिकहरुले सो फलाम खानीमा धेरै मात्रामा फलाम रहेको अनुमान गरेका छन् । यो रिमोट कन्ट्रोल प्रविधिबाट भूमिगत काम गर्न सहयोग पुग्ने शिङसान फलाम खानीका उपनिर्देशक युआन वेइले बताउनु भयो । उहाँले आफूलाई सुरक्षित राख्नका लागि यो रिमोट प्रविधि राम्रो हुने विश्वास लिनुभयो ।

उहाँले फाइभ जी प्रविधि र उपकरणको सुधारको लागि धन्यवाद दिनुभयो ।