नयाँ स्टक एक्स्चेञ्ज ल्याउन असफल भयौँः अध्यक्ष हमाल

.

नेपाल धितोपत्र बोर्ड (सेबान) का अध्यक्ष रमेश कुमार हमालले नयाँ स्टक एक्स्चेन्ज ल्याउन असफल भएको स्वीकार गर्नुभएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले शुक्रवार आयोजना गरेको ‘आर्थिक मन्दीमा पुजीबजारः सम्भावना र चुनौति’ सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष हमालले यस्तो स्वीकार गर्नुभएको हो । उहाँले नयाँ स्टक एक्सचेन्ज ल्याउने भनेको लामो समय प्रयास गरे पनि बोर्ड असफल भएका बताउनु भयो । उहाँले पुँजी बजारमा प्रतिष्पर्धा गर्न नयाँ स्टक एक्सचेन्ज ल्याउन सबै प्रक्रिया पु¥याएर तीन कम्पनीको आवेदन परेको १२÷१३ महिनाको अवधि हुँदा पनि स्वीकृत गर्न नसकेको भन्दै धितोपत्र बोर्ड स्टक एक्सचेन्ज ल्याउन असफल भएको बताउनु भयो । उहाँले सरकारले सरकारसँग जुध्न गाह्रो भएको भन्दै विश्वको पुँजीबजारसँग प्रतिष्पर्धा गर्ने नयाँ स्टक एक्सचेन्ज ल्याउन खाजेको बताउनु भयो । उहाँले त्यस्तो भएमात्रै पुँजीबजारको सम्पूर्ण इकोसिस्टम सुधार हुने बताउनु भयो । उहाँले बोर्डले सरकारी स्टक एक्सचेन्जलाई सिध्याउने भन्ने कुनैपनि मनशाय नभएको स्पष्ट पार्नुभयो । उहाँले नेपालको कुनैपनि आर्थिक क्षेत्रमा मनोपोली हुन नहुने भन्दै मनोपोली भए विकासको बाटोमा अगाडि बढ्न नसकिने बताउनु भयो । उहाँले पछिल्लो समय हाइड्रो र रियल सेक्टर सुधार भइरहेको बताउनु भयो । अध्यक्ष हमालले राइट शेयरमा केही गर्न खोजिरहेको बताउनु भयो । उहाँले नेपाली पुँजीबजारमा आईपीओमा १० कित्ते नीति राम्रो नभएको बताउनु भयो । उहाँले १० कित्ते नीतिमा सकारात्मक र खराब पक्ष भएको भन्दै बराब पक्षको आफू बिरोधी रहेको बताउनु भयो।  उहाँले सकारात्मक पक्षलाई बोर्डले सबल बनाउने र नकारात्मक पक्षलाई निरुत्साहित गर्न नीति ल्याउने काम गर्ने बताउनु भयो । उहाँले  ब्रोकर कसिशनको विषयमा ब्रोकरहरुबीचमा विवाद नगर्न आग्रह गर्नुभयो । उहाँले बोर्डले बलियो स्टेकहोल्डर बनेर सबैसँग छलफल संवाद र बजारको सम्पूर्ण पक्षलाई हेरेर काम गर्न खोजि रहेको दाबी गर्नुभयो । उहाँले १० कित्ते नीतिको प्रभाव भएपनि जनमानसमा पुँजीबजारको छाप बसेको भन्दै उक्त समयलाई हामीले क्याच गर्न सक्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘ पछिल्लो समय हाइड्रो र रियल सेक्टर सुधार भइरहेको छ । राइट शेयरमा केही गर्न खोज्दैछौँ । यसमा केही समस्या देखिएको छ । आईपीओमा १० कित्ते नीतिको केही सकारात्मक पक्ष पनि छन् । तर,भेरै  खराब पक्षको म बिरोधी हो । सबल पक्षको समर्थन गर्छु । त्यसलाई हामीले सच्याउनु पर्ने छ । सकारात्मक पक्षलाई बोर्डले सवल बनाउने नकारात्मक पक्षलाई निरुत्साहित गर्न नीति ल्याउनु पर्नेछ । ब्रोकर कमिसनको कुरा आएको छ । ब्रोकर कसिशनको विषयमा ब्रोकरहरुबीचमा विवाद नहोस् । बोर्डले बलियो स्टेक होल्डर बनेर सबैसँग छलफल संवाद र बजारको सम्पूर्ण पक्षलाई हेरेर काम गर्न खोजि रहेका छौं । ब्रोकर,र्मचेण्ड बैंकरहरु मिलेर अगाडि बढे पुँजीबजारको विकासमा कसैले रोक्न सक्दैन । १० कित्ते नीतिको प्रभाव भएपनि जनमानसमा पुँजीबजारको छाप बसेको छ । भारतलाई ४ प्रतिशत पुँजीबजारलाई २० प्रतिशत पु¥याउन समय लाग्छ तर नेपालमा त्यहाँ पुगिसकेको छ त्यसको सदुपयोग गर्नुप¥यो । नयाँ स्टक एक्सचेञ्ज ल्याउन असफल भएका छौं । पुँजी बजारमा प्रतिष्पर्धा गर्न नयाँ स्टक ल्याउन सबै प्रक्रिया पु¥याएर तीन कम्पनीको आवेदन परेको भएपनि १२÷१३ महिनाको अवधिमा ल्याउन असफल भयौं । हामी फेर भन्नुपर्छ । हामीले सकेनौं । किनकी सरकारले सरकारसँग जुध्न ग्राहो हुँदो रहेछ । पुँजीबजारको सम्पूर्ण इकोसिस्टम सुधार गर्ने हो । विश्वको प्रतिष्पर्धा गर्ने एक्सचेन्ज हुनुपर्छ भनेको हो । भएको सरकारी स्टक एक्सचेन्जलाई सिध्याउने भन्ने कुनै पनि मनसाय होइन । पुरानो पनि बाच्ने र त्यसले गर्दा अर्को पनि माथि गएर प्रतिष्पर्धा गर्न सकोस् । किनकी मनोपोली नेपालको कुनैपनि आर्थिक क्षेत्रमा हुनुहुँदैन । मनोपोली भए विकासको बाटोमा अगाडि बढ्न सक्दैनौं । सेबोनको शुल्क घटेपछि मात्रै ब्रोकर कम्पनीको कमिसन घटाइनेछ । पहिला सेबोनले लिने शुल्क घट्छ अनि मात्रै ब्रोकर कमिसन घट्छ । ब्रोकर कमिसनका विषयमा व्यवसायबीच डिभियसन हुनु हुँदैन, ब्रोकर कम्पनी पुँजी बजारका मुटु हुन्, ब्रोकर कम्पनीलाई मारमा पारेर कमिशन पुनरावलोकन हुँदैन । सरकार र सरकारी निकायहरुले केही गरेन मुलुकको अर्थतन्त्र डामाडोल भयो भने पनि अर्थतन्त्रमा सूचकहरु हेर्दा नेपालको अर्थतन्त्र संकटग्रस्त भएको छैन, रिकोभरि भइरहेको छ, तर नेपाली समाज उत्ताउलो भयो, किनभने सामान्य विषयलाई पनि भयावह बनाइदिन्छन् । अहिले बैंकहरुसँग प्रशस्त तरलता रहेको छ ।’

उहाँले सेबोनको शुल्क घटेपछि मात्रै ब्रोकर कम्पनीको कमिसन घटाइने बताउनु भयो । उहाँले पहिला सेबोनले लिने शुल्क घट्नेपछि मात्रै ब्रोकर कमिसन घट्ने बताउनु भयो । उहाँले ब्रोकर कम्पनी पुँजी बजारका मुटु भएको पनि बताउनु भयो । उहाँले सरकार र सरकारी निकायहरुले केही गरेन मुलुकको अर्थतन्त्र डामाडोल भयो भनेपनि अर्थतन्त्रमा सूचकहरु हेर्दा नेपालको अर्थतन्त्र संकटग्रस्त नभएको बताउनु भयो । उहाँले नेपाली समाज उत्ताउलो रहेको बताउनु भयो ।