वागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले युवाहरुलाई विदेश जानबाट रोक्नको लागि सरकारले स्थानीय छाला जुत्ता उद्योगको संरक्षण र संवद्र्धन गर्न आवश्यक रहेको बताउनुभएको छ । आईतवार नेपाल छाला जुत्ता उत्पादक संघको १३ औं वार्षिक साधरण सभामा बोल्दै मन्त्री महर्जनले यस्तो बताउनुभएको हो । मन्त्री महर्जनले नेपालमा रोजगारी नहुँदा नेपाली युवाहरु विदेश जान बाध्य भएको बताउनु भयो । छाला जुत्ता उत्पादकहरु उद्यमीको रुपमा आएको अवस्थामा धेरै युवाहरुले रोजगारी दिएपनि संरक्षण नहुँदा समस्या आएको महर्जनको जिकिर छ । मन्त्री महर्जनले सरकारले छालाजुत्ता उद्योगलाई संरक्षण र संवद्र्धन गर्न नसके नेता र मन्त्रीहरु बोल्दै जाने युवाहरु विदेशी जाने क्रमलाई नरोकिने बताउनु भयो । उहाँले छाल जुत्ता उद्योगलाई संरक्षण र संवद्र्धन गर्न आश्वयक छ भन्ने तर सरकारले काम नगर्दा समस्या रहेको बताउनु भयो । सरकारले स्थानीय उत्पादनलाई प्रोत्साहन गरी उत्पादन वृद्धि गरी सरकारी कर्मचारी र नेपालीहरुले अनिवार्य स्थानीय उत्पादन प्रयोग गर्नुपर्ने व्यवस्था गरे छाला जुत्ता उद्योग फस्टाउन सक्ने उहाँको भनाई छ । उहाँले पुख्र्यौली पेशाबाट उद्योगीमा परिवर्तन भएको भन्दै यस्ता उद्योगको संरक्षण र संर्वद्धन गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो,‘नेपालमा रोजगारी नहुँदा नेपाली युवाहरु विदेश जान बाध्य भएका छन् । छाला जुत्ता उत्पादकहरु उद्यमीको रुपमा आएको अवस्थामा धेरै युवाहरुले रोजगारी दिएको छ । सरकारले छालाजुत्ता उद्योगलाई संरक्षण र संवद्र्धन गर्न सकेन भने मन्त्रीहरु बोल्दै जाने युवाहरु विदेशी जाने क्रमलाई रोक्न सकिँदैन । युवाहरु विदेश जान रोक्नको लागि छाला जुत्ता उद्योगलाई संरक्षण र संवद्र्धन गर्न आश्वयक छ । काम नगर्ने हाम्रोमा समस्या छ । सरकारले स्थानीय उत्पादनलाई प्रोत्साहन गरी उत्पादन वृद्धि गरी सरकारी कर्मचारी र नेपालीहरुले अनिवार्य स्थानीय उत्पादन प्रयोग गर्नुपर्ने व्यवस्था गरे छाला जुत्ता उद्योग पस्टाउन सक्छ । पुख्र्यौली पेशाबाट उद्योगीमा परिवर्तन भएको छ । उद्यम गर्न अगाडि बढेको छ त्यस्तोलाई संरक्षण र संर्वद्धन गर्न जरुरी छ । छाला जुत्ता उत्पादनको लागि ८० प्रतिशत मजदुरहरु बाहिरबाट ल्याउनुपर्छ । २० प्रतिशत मात्रै नेपालमा रहेका छन् । बाहिरबाट कामदार ल्याउनु पर्ने बाध्यतालाई मुक्त गर्नको लागि दीर्घकालिन सोच बनाउनु पर्छ । वागमति प्रदेश सरकारले छाला जुत्ता उत्पादन तालिमको व्यवस्था गरी कामदार वृद्धि गर्न लाग्नेछ ।’
उहाँले छाला जुत्ता उत्पादनको लागि ८० प्रतिशत मजदुरहरु बाहिरबाट ल्याउनुपर्ने बाध्यतालाई सहजिकरण गर्न वागमती प्रदेश सरकारले छाला जुत्ता उत्पादन तालिमको व्यवस्था गरी कामदार वृद्धि गर्ने प्रतिवद्धता जनाउनु भयो ।