विद्युत उत्पादनमा निजी क्षेत्रको भुमिका कमजोर बनाउने प्रावधान सच्याउन इप्पानको माग

.

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपालले सरकारले संसदमा पेश गरेको विद्युत विधेयक,२०८० मा विद्युत उत्पादनमा निजी क्षेत्रको भुमिका कमजोर पार्ने प्रावधानहरु रहेको भन्दै सच्याउन माग गरेको छ । आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गदै इप्पानले सरकारले संसदमा पेश गरेको विद्युत सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विद्युत विद्येयक,२०८० मा विद्युत उत्पादनमा निजी क्षेत्रको भुमिका कमजोर बनाउने खालका ऐनहरु संशोधन गर्न सरकारसँग माग गरेको हो । इप्पानले सरकारले संसदमा पेश गरेको विद्युत विद्येयक,२०८०मा विद्युत उत्पादनमा निजी क्षेत्रको भुमिका कमजोर पार्ने खालका प्रावधानहरु रहेको आरोप लगाएको छ । इप्पानले विद्युत विधेयक, २०८० को परिच्छेद–६, दफा ३१ को उपदफा १, २, ३ र ४ ले विद्युत वितरण तथा ग्राहक सेवाको अनुमतिपत्र जारी गर्ने विषयको भने स्वागत गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै इप्पानका महासचिव बलराम खतिवडाले विद्युत विधेयक २०८० आउँदा निजी क्षेत्रलाई विद्युत व्यापारको ढोका खोल्ने र विद्युत उत्पादनमा जसरी नै विद्युत निर्यातमा बिटुबी निर्यात गर्न सकिने बताउनु भयो । उहाँले सरकारले विद्युत विधेयक ल्याउँदा संघीयताको मर्म अनुसारका सिद्धान्त अवलम्वन गर्दै विद्युत ऐन, २०४९ मा रहेका सकारात्मक पक्षको निरन्तरता र कमजोरीहरुको निराकरण गर्ने अभिप्रायले ल्याउन आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालमा ऊर्जा उत्पादनमा निजी क्षेत्रले प्रवेश पाएको तीन दशकको अवधिमा लगभग ७० प्रतिशत हिस्सा पु¥याउन सफल निजी ऊर्जा उत्पादकहरुलाई सरकारले एकपटक पनि औपचारिक छलफल नगरी विधेयक ल्याएको बताउनु भयो । उहाँले विद्युत विधेयक, २०८०  विद्युत उत्पादन अनुमति पत्रको अवधि यो ऐन जारी हुनुभन्दा अगाडि अवधि तोकी जारी भएका अनुमति पत्रको हकमा सोही अनुमति पत्रमा उल्लेखित अवधि भन्ने व्यवस्थाको सट्टा विद्युत ऐन, २०८० जारी भएपश्चात विद्युत ऐन, २०४९ अनुसार जारी गरिएका सम्पूर्ण अनुमतिपत्रहरु विद्युत ऐन, २०८० अनुसार नै लागू हुने व्यवस्था गर्न माग गर्नुभयो । महासचिव खतिवडाले विद्युत ऐन, २०४९ सालको आधारमा अनुमति पत्र लिएका हौँ र हाम्रो अनुमति पत्रको शर्तमा नै अनुमति पत्रको म्याद सकिनु एक वर्ष अगाडि ऐन अनुसार म्याद थपको प्रकृया अगाडि बढाउनुपर्ने भएकाले यस्तो व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले आर्थिक आधारमा निःशुल्क दिइने शेयर, निःशुल्क दिइने विद्युत ऊर्जा, अग्रिम रुपमा एकमुस्ट बुझाउन कबुल गरेको रकम, वार्षिक किस्ताबन्दी रुपमा बुझाउन कबोल गरेको रकम र विद्युतको महशुल दरका अधारमा प्रतिष्पर्धाबाट अनुमतिपत्र दिने भन्ने व्यवस्था हटाई सबैलाई समान ढंगले प्रतिष्पर्धाको वातावरण बनाउन माग गर्नुभयो । उहाँले  निजी क्षेत्र आफँैले जलविद्युत आयोजनाको पहिचान तथा विकास गर्न सक्ने भुमिका थप गर्न माग गर्नुभयो । उहाँले  आयोजना निर्माण अगाडि सरकारलाई रकम र सुविधा दिँदा जलविद्युतको उत्पादन लागत महंगो भएर अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धी गर्न नसक्ने ,स्वदेशी उपभोक्तालाई समेत विद्युत महंगो हुने र महँगो विद्युतको कारण नेपाली उद्योगले प्रतिष्पर्धी क्षमता गुमाउने दाबी गर्नुभयो । उहाँले विद्येयकमा व्यवस्था भएको विद्युत उत्पादन अनुमति पत्रको अवधि जलश्रोत बाहेक अन्य प्रकृतिका विद्युत आयोजनाको हकमा पच्चिस वर्ष भन्ने व्यवस्थालाई संशोधन गरी ३५ वर्ष राख्न माग गर्नुभयो । इप्पानले निजी क्षेत्र आफैँले जलविद्युत आयोजनाको पहिचान तथा विकास गर्नसक्ने भुमिका थप गर्न माग गरेको छ ।

इप्पानका अध्यक्ष गणेश कार्कीले विद्युत प्राधिकरणको अहिलेकै जनशक्तिले धेरै विद्युत आयोजनाहरुको अध्ययन र डिजाइन गरेर समयमा जलविद्युत आयोजनाको पहिचान तथा विकास गर्न नसक्ने बताउनु भयो । उहाँले निजी क्षेत्र आफैँले आयोजनाहरुको पहिचान गरी निर्माण गर्दा कति रकमसम्म बनाउन सकिन्छ भन्ने एकिन गर्न सकिने भएकाले जलविद्युत आयोजनाहरुको निजी क्षेत्र आफैँले पहिचान गरी विकास गर्न पाउने व्यवस्थाको माग गरिएको बताउनु भयो । उहाँले पाँच वर्षसम्म पीपीए नभएको तर अगाडिदेखि लाइसेन्स लिएर बसेकाको पनि पाँच वर्ष पूरा भएका आयोजनाहरु अगाडि बढ्न नसकेको बताउनु भयो । उहाँले सरकारले जलविद्युत उत्पादनको लागि पहिचान गर्दा राम्रा–राम्रा आयोजनाहरु आफैँ राख्ने र आर्थिक स्रोत सुनिश्चितता नभएका आयोजनाहरु मात्रै निजी क्षेत्रसँग टेण्डर गर्न खोजेको आरोप लगाउनु भयो ।  उहाँले जलविद्युत उत्पादनको लागि सरकारी र निजी क्षेत्र दुवैलाई प्रतिष्पर्धाबाट गर्न माग गर्नुभयो ।

इप्पानल सरकारले सुपर–६ आयोजनाहरु प्रतिष्पर्धाबाट निजी क्षेत्रलाई दिएको अभ्यासलाई हेर्दा प्रतिष्पर्धा गराउँदा मात्र विद्युत उत्पादन छिटो हुन्छ भन्ने मान्यता गलत सावित भएको बताएको छ । विद्युत उत्पादनमा खुल्ला प्रवेशको व्यवस्थाका कारणले निजी क्षेत्रले २५ वर्षमा गरेको योगदानका कारणले देश वर्षायाममा विद्युत निर्यात गर्ने अवस्थामा पुगेको बताएको छ । विद्युत १५ वर्षपछिको रोयल्टी जडित क्षमतामा प्रतिकिलोवाट १ हजारमा २ सय रुपैयाँ वृद्धि गरेर १२ सय र प्रतियुनिट सरदर बिक्री मूल्यको १० प्रतिशतमा २ प्रतिशत वृद्धि गरेर १२ प्रतिशत पु¥याएको भन्दै साना अयोजनाहरुको सन्दर्भमा अहिलेको रोयल्टी घटाउन र ठूला आयोजनाहरुको हकमा साविक अनुसार गर्न माग गरेको छ । विद्युत उत्पादनको सर्भेक्षण अनुमति पत्र दिएका स्वदेशमा विद्युत खपतहुने आयोजनाको हकमा विद्युत वितरण संस्थाले खरिद दरमा प्रतिष्पर्धा गराई विद्युत खरिद गर्नुपर्नेछ भन्ने व्यवस्था संसोधनको लागि माग गरेको छ ।