नेपालको संविधान कार्यान्वयनमा दलहरु चुकेका छन्ः काँग्रेस नेता सिटौला

.

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपालको संविधान कार्यान्वयनमा दलहरु चुकेको बताउनुभएको छ । पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका सिटौलाले संविधानको मुलमर्म कार्यान्वयनमा ढिलाई भइरहेको बताउनुभएको हो । मंगलवार एमालेले पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको ‘सुवाष र संविधान’ विषयक प्रवचन कार्यक्रममा बोल्दै उहाँले संविधान जारी भएयता दलहरुबीचको समझदारी टुटेकाले संविधान कार्यान्वयनमा ढिलाई हुन गएको तर्क समेत गर्नुभयो । तत्कालीन माओवादीलाई शान्ति वार्तामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएका सिटौलाले सुवाष नेम्वाङले नेपालको संविधान निर्माणमा अतुलनीय योगदान पु¥याएको बताउनु भयो । उहाँले संविधान जारी हुन नदिनका लागि अनेकौ दबाब आएपनि त्यसलाई शान्त ढंगले प्रतिरोध गर्दै नेम्वाङले संविधान जारी गर्न अत्यन्तै महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउनु भयो । माओवादी शान्ति वार्तामा आएपछि पनि अन्तरिम संविधान निर्माणमा नेम्वाङको भुमिका नेतृत्वदायी रहेको उहाँको भनाई थियो ।
नेता सिटौलाले भन्नुभयो, ‘मुलुकलाई शान्ति प्रक्रियामा हामीले अन्तरिम संविधान बनाउनुपर्ने भयो । हामीले संविधान मस्यौदा समिति पनि बनायौं । तर डिबेटबाट मुक्त भएर सम्पूर्ण रुपमा समाधान गरेर बुझाउन सकेन । अन्ततः हामी दलका नेताहरु बसेर टुंगो लगायौं । र, अन्तरिम संविधान घोषणा गरिसकेपछि मात्रै माओवादीसँगको वार्ता सार्थक ढंगले अगाडि बढ्यो, उहाँहरु बिना निर्वाचन अन्तरिम संसदमा प्रवेश गर्नुभयो ।  पहिलो संविधान सभाको पहिलो बैठकबाट गणतन्त्र घोषणा भयो । यो सम्पूर्ण शिलशिलामा अगाडि बढने क्रममा सुवाषचन्द्रजीको भुमिका सबैभन्दा संविधान ड्राफ्ट गर्ने बेलामा एउटा इस्यु थियो । संविधान निर्माणमा को को नेताहरु बस्ने भन्ने विषयमा हाम्रो छलफल भएकै हो । विवाद समाधानमा सबै पार्टीका नेताहरु बस्नुपर्छ । नत्र विवाद समाधान गर्न सकिन्न । पहिलो संविधानसभाबाट जस्तो विषय पारित गरियो, त्यस्तो संविधान लेख्न पनि सकिन्न । संविधान ड्राफ्ट गर्ने बेलामा एउटा इस्यू थियो । अग्नी खरेलजी यही हुनुहुन्छ । न्यायपालिकालाई संसदमा अनुमोदन गर्नुपर्छ है भन्ने प्रस्ताव छ । अव हामी स्वतन्त्र न्यायपालिकाको काम गरेका मान्छे । कसरी संविधान लेख्ने हो ? अदालत स्वतन्त्र, निष्पक्ष, विश्वसनीय हुन्छ है भनेर भन्ने हामी । त्यसलाई संसदले अनुमोदन गर्छ है भने पछि अब कानूनले कसरी व्याख्या गर्छ ? हामीले बनाएको संविधान न्यायालयले कसरी व्याख्या गर्छ ? कानुन निर्माताको काम कानुन बनाउने, व्याख्याका त डेमोक्रेसीमा अदालतले गर्छ । त्यसैले अन्ततः सर्वोच्च अदालतले तत्कालीन प्रधानन्यायाधीश, न्यायाधीशहरु राखेर तत्कालीन एमाले र माओवादीका नेताहरुसमेत राखेर छलफल ग¥यौं । त्यहाँ न्यायाधीशहरुले राम्रोसँग न्यायालयका बारेमा भन्नुभयो । न्यायपालिका स्वतन्त्र, निष्पक्ष र विश्वसनीय हुन्छ भनेर निष्कर्षमा पुगेपछि त्यही आधारमा हामीले मस्यौदा समितिमा संविधानको रचना ग¥यौं । त्यसमा सुवाष नेम्वाङजीको अत्यन्त महत्वपूर्ण भुमिका छ । केही साथीहरु संविधान निर्माण प्रक्रिया छोडेर हिँडिदिनु भयो । समस्या भयो । संविधान जारी हुन नदिन अनेकौं प्रेसर थियो । मस्यौदा समितिले संविधान बनाउँदैन । बनाए बुझाउन सक्दैन । बुझाए पनि सभामुखले समयमा टेबल गर्दैन । टेबल गरे निर्णयार्थ पेश गर्दैन । अनेकौ प्रकारको प्रेसर नेपालले खपेकै हो । यी सबै कुरालाई टोेलरेट गरेर शान्त ढंगले संविधान समयमा जारी गर्ने कुरामा सायद सुवाष नेम्वाङजी सभामुख नभएको भएदेखि सम्भव हुन्थ्यो वा हुन्नथ्यो ? यसै भन्न सकिँदैन थियो । त्यसैले संविधान निर्माणमा सुवाषचन्द्र नेम्वाङजीको अतुलनीय योगदान मात्रै होइन, संयोजनकारी, समन्वयकारी भुमिका मात्रै होइन, नेतृत्वदायी भुमिका छ भन्नमा कुनै अतियुक्ति छैन । आजको दिनमा सुवाष नेम्वाङजीलाई मैले सम्झिदा धेरै लामो भएको छैन एक महिना अघि उहाँ र म बीच लामो कुराकानी भएको थियो । म संसदमा छैन । तर खड्केको विषय के छ भने संविधान जारी गर्दा ठूला राजनीतिक दलहरुका बीचमा राम्रो समझदारी भएको हो । तर संविधान जारी भएपछि तिनै परिवर्तनकारी राजनीतिक दलहरुबीच सुरुमै समझदारीलाई बचाउन सकेनौं । मैले आज यहाँ भन्दा अन्यथा नहोला । हामीले त्यतिबेला संविधान जारी गरेपछि केपी ओलीलाई प्रधानमन्त्री भनेकै थियौं । तर स्वयं हामीले त्यो गर्न सकेनौं । त्यहाँबाट टुटदै गएको हाम्रो राजनीतिक संविधानमा ल्यायौं तर यसको मुल तत्व कार्यान्वयन भएकै छैन । मलाई कसैले सोध्यो भने इमान्दारिताका साथ मैले भन्नुपर्छ यसको मुल तत्व, संविधानको सारतत्व कार्यान्वयन गर्ने कुरामा चुकेकै छौं । ढिलाई भएकै छ । चाहे संविधानले स्थापित गरेका मौलिक हकका सवाल होस् । गाँस, वास, पानी, शिक्षा आदिका कुराहोस् । चाहे संघीयता कार्यान्वयन गर्ने कुरा होस् । चाहे न्यायालयलाई संविधानले सोेचे अनुसार स्वतन्त्र, निष्पक्ष र विश्वसनीय ढंगले अघि बढाउने कुरा होस् । ’

नेता सिटौलाले नेम्वाङको संयोजनकारी, समन्वयकारी भुमिका संविधान कार्यान्वयनमा पनि आवश्यक हुँदाहुँदै उहाँको निधन हुनु मुलुकका लागि अपूरणीय क्षति भएको समेत बताउनु भयो ।