संविधानविद् एवं पूर्वराजदुत निलाम्वर आचार्यले नेपालको संविधान कार्यान्वयनमा देखिएका त्रुटीलाई तत्काल सच्याउनुपर्ने बताउनुभएको छ । आचार्यले नेपालको संविधान कार्यान्वयनमा बाटो बिराएको उल्लेख गर्दै संवैधानिक अभ्यासको समिक्षा र संविधानकै समिक्षा गर्नुपर्ने बेला आएको बताउनुभएको हो । मंगलबार एमालेले पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको ‘सुवाष र संविधान’ विषयक प्रवचन कार्यक्रममा बोल्दै उहाँले सबैको भावनालाई समेटर संविधान कार्यान्वयनको पाटोलाई सही बाटोमा ल्याउनसक्ने क्षमता भएका सुवाष नेम्वाङको निधनले ठूलो क्षति पु¥याएको बताउनु भयो । उहाँले सुवाषचन्द्र नेम्वाङकै कारण दोस्रो संविधान सभाले नेपालको संविधान निर्माण गर्न सकेको दाबी समेत गर्नुभयो । संविधानविद् आचार्यले नेम्वाङलाई नेपालको संविधान, लोकतन्त्र, संवैधानिक सर्वोच्चता र कानूनी राज्य मान्ने जोकोहीले पनि सदा सम्झिरहने बताउनु भयो । उहाँले नेम्वाङले अरुको दबाब, प्रभावको प्रवाह नगरी संविधान निर्माणमा योगदान गर्नुभएको पनि स्मरण गर्नुभयो । आचार्यले नेम्वाङजस्तो देशले सम्मान गरेका नेताको भुमिका पाएको भन्दै एमालेलाई भाग्यमानी पार्टीको रुपमा चित्रण गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘देशका सबै पार्टीहरुले आफ्ना निकटम मित्र गुमाएको अनुभव गरेका छन् भन्ने कुरा यस बीचका दिनहरुले देखाइसकेका छन् । सुवाषजी एमालेका नेता हुनुहुन्थ्यो । तर साथसाथै नेपाली राजनीतिका पनि बहुतै प्रतिष्ठित, सम्मानित सबैले रुचाएका प्रिय व्यक्ति पनि हुनुुहुन्थ्यो । सुवाष नेम्वाङ र संविधान भनेर आज उहाँलाई सम्झने भनिएको छ । नेपालको संविधान अहिले साल भनिदैन । पहिलेका संविधानमा साल पनि जोडिन्थ्यो । नेपालको संविधान सम्झनासाथ त्यसलाई कार्यान्वयन गर्न सक्दासम्म अव कार्यान्वयनमा कठिनाई हुँदा पनि हामीले सुवाषजीलाई सम्झन्छौं । नेपालको संविधानमा सुवाषजी बाँचिरहनु हुनेछ । त्यतिमात्रै होइन, नेपालको लोकतन्त्रमा बाँचिरहनु हुनेछ । नेपालको न्यायापूर्ण आन्दोलन जे, जे हुन्छन, त्यसमा उहाँ बाँचिरहनु हुनेछ । सबैभन्दा अपm्ठ्यारो कुरा के प¥योभने म उहाँलाई धेरै पहिलेदेखि चिन्छु । पञ्चायतकालको अवधिदेखि नै चिन्छु । उहाँको यात्राबारे मैले दोहो¥याई राख्नुपर्दैन । तपाईहरु आफैँ निकटस्थ हुनुहुन्छ । तर मैले सुवाषजीको श्रद्धाञ्जलीसभामा, अन्तिम विदाईमा भाग लिनुपर्ला भनेर कल्पना पनि गरेको थिइन । समय अगावै उहाँ जानु भयो । उमेरको दृष्टिल मात्रै मैले भनेको होइन । के भने उहाँ दुई वटा संविधानसभाको अध्यक्ष हुनु भयो । उहाँकै अध्यक्षतामा संविधान सभाले संविधान तयार पा¥यो । तयार पारेको मात्रै होइन, विभिन्न दबाब, कसैको अनिइच्छा हुँदाहुँदै संविधान जारी गर्नमा उहाँले योगदान पु¥याउनु भयो । त्यतिले मात्रै होइन, उहाँको सम्भावाना, उहाँ अगाडि चाहीँ त्यो भन्दा ठूलो भुमिका निर्वाह गर्नसक्ने क्षमता थियो, गर्नु हुनेछ, त्यस्तो व्यक्ति उहाँ हुनुहुन्छ । त्यो व्यक्ति हामीलाई चाहिन्छ, हामीले पाएका छौै भनेर कतिले मुखले भने होलान, कतिले आफूले मनले सोचेका थिए । र, त्यो व्यक्तिलाई हामीले गुमाएका छौं । संविधान सभासम्म पुग्ने जुन प्रक्रिया भयो, उहाँले विद्यार्थी जीवनदेखि नै त्यो संविधान सभासम्म पुग्ने प्रक्रियामा योगदान दिनुभयो । नेकपा एमाले भाग्यमानी रहेछ । सुवाषचन्द्र नेम्वाङ जस्तो व्यक्ति पायो । त्यसको भुमिका पायो । त्यसको देन पायो । जसप्रति पूरा देशले सम्मान व्यक्त गर्छ । आज पनि म उहाँलाई श्रद्धा व्यक्त गर्दछु । सम्मान व्यक्त गर्दछु । उहाँ मेरो मित्र पनि हुनुहुन्थ्यो । साँच्चै भन्नुहुन्छे भने उहाँले जव कानुन व्यवसाय सुरु गर्नु भयो । म पनि नेपाल ल फर्ममै थिए कानुन व्यवसायीको रुपमा । अर्को कुरा धेरैलाई थाहा छैन । म विश्व शान्ति समिति, नेपाल एशीयाली शान्ति समिति, ती आन्दोलनहरुमा पनि क्रियाशील थिए । सुवाष नेम्वाङ नेपाल एशियाली एकता समितिमा कार्यक्रमहरु पनि सक्रिय हुनुहुन्थ्यो । त्यहाँ पनि हाम्रो भेटघाट हुन्थ्यो । हामी दुवै कम्युनिष्ट थियौं । तर हामी दुवै बेग्लै धारका कम्युनिष्ट थियौं । बहुत मैत्रीपूर्ण ढंगले हाम्रा त्यसबेला पनि मैत्रीपूर्ण कुराकानी हुन्थे । त्यसबेलादेखि म उहाँलाई सम्झिन्छु । र, पहिलो संविधानसभाबाट संविधान निर्माण हुन सकेन । त्यो पहिलो संविधान सभामा म संवैधानिक समितिको सभापति थिए म । उहाँ संविधानसभाको अध्यक्ष हुनुहुन्थ्यो । त्यसमा पनि मेरा कठिनाईहरुमा, छलफलहरुमा, सल्लाहहरुमा, सञ्चालनमा हाम्रा कुराकानी हुन्थे, सल्लाह हुन्थे । एउटा कुरा के छ भने सुवाष नेम्वाङजीले पहिलो संविधान सभामा गरेको मेहनतले नै गर्दा दोस्रो संविधान सभामा संविधान जारी हुन सक्यो । र, दोस्रो संविधान सभाले पहिलो संविधान सभामा भएको कामको अपनत्व लियो, स्वामित्य लियो । त्यसैले संविधान सभालाई जोडेर सुवाषजीले संविधान निर्माण गर्नु भएको हो । त्यसैले कताकता मलाई पनि के लाग्छ भने यो संविधान निर्माणमा त सुवाषजीसँगसँगै हाम्रो पनि, मेरो पनि केही योगदान रहेको छ । त्यसकारण पनि सुवाषजीलाई सम्झिराख्छु । म तपाईहरुको धेरै समय लिन चाहन्न । एउटा कुरामात्रै गर्न चाहन्छु । मैले नभनिनहुने कुरा के छने अहिले नेपालको संविधान अप्ठयारोमा छ । नेपालको संविधानको अभ्यासले बाटो बिराएको जस्तोछ । नेपालका राजनीतिक पार्टीहरु कतिपयले संविधानको मर्मलाई अंगाल्न नसकेको जस्तो छ । अहिले संविधान कार्यान्वयनको संवैधानिक अभ्यासको समिक्षा गरेर कहाँकहाँ, के के अप्ठयारो प¥यो ? सच्याउनुपर्ने बेला भएको छ । हेर्नुपर्ने बेला भएको छ । मलाई लाग्छ– ८ वर्षको संवैधानिक अभ्यासको समिक्षा र संविधानकै समिक्षा हुनुपर्नेछ । त्यसमा सुवाष नेम्वाङको अमूल्य योगदान हुन्थ्यो । सबैलाई जोडन सक्नुहुन्थ्यो । सबैको भनाईलाई एककृत रुपमा एउटा निष्कर्षमा पु¥याउन सक्नहुन्थ्यो । त्यो व्यक्तिलाई चाँही हामीले गुमायौ । सुवाषजी, तपाईको योगदान नेपाली जनताले, नेपाली लोकतन्त्रले, नेपाली न्यायप्रेमीहरुले, कानुनको राज मान्नेहरुले, संवैधानिक सर्वोच्चता मान्नेहरुले सदा स्मरण गरिरहनेछन् ।’
त्यस अवसरमा संविधानविद् आचार्यले नेम्वाङलाई राष्ट्रपतिको रुपमा समेत नेपाली जनताले हेर्न चाहेको समेत बताउनुभएको थियो ।