पूर्वसभामुख ओनसरी घर्तीले संसदमा अहिले देखा परेका समस्या सहजै सहजीकरण गर्ने व्यक्तित्व संसदले गुमाएको बताउनुभएको छ । मंगलवार एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित सुवास नेम्वाङर संविधान विषयक कार्यक्रममा बोल्दै उहाँले स्व.सुवासचन्द्र नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै उहाँ संसदको अभिभावक भएको बताउनुभएको हो । उहाँले संसद चलाउनका लागि र आजको परिस्थितिलाई सम्हाल्नका लागि, आजको संकटलाई सजिलै सहजीकरण गर्नका लागि संसदले अभिभावक गुमाएको बताउनु भयो । उहाँले समन्वयकारी, सजिलै पहुँच राख्नसक्ने, सरल व्यक्तित्व, सबैले मन पराउने, एक असल नेता पनि देशले गुमाएको बताउनु भयो । उहाँले देशको लागि नेम्वाङको निधनले ठूलो क्षति पुगेको बताउनु भयो । उहाँले स्व. नेम्वाङसंविधान सभाको सफल अध्यक्ष भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आज हामीले एक अभिभावक गुमाएका छौँ संसदको लागि । संसद चलाउनका लागि आजको परिस्थितिलाई सम्हाल्नका लागि, आजको संकटलाई सजिलै सहजीकरण गर्नका लागि संसदले अभिभावक नै गुमाएको छ । साथै एक समन्वयकारी, सजिलै पहुँच राख्नसक्ने, सरल व्यक्तित्व, सबैले मन पराउने, एक असल नेता पनि देशले गुमाएको छ । यो पनि हाम्रो ठूलो क्षति हो । आफू उहाँ पदीय मर्यादामा रहँदा पदीय मर्यादा कहिल्यै पनि भुल्नुभएन । उहाँ संविधान सभाको सफल अध्यक्ष हुनुहुन्छ । हामी सबैले सम्झिरहन्छाँै ।’
पूर्वसभामुख घर्तीले राजनीतिक वृत्तमा उहाँले खेलेको मध्यस्थकर्ताको भुमिका राज्यले सधैँ सम्झिरहने बताउनु भयो ।