विश्व सम्पदा समितिले आईतवार प्यालेस्टाइनको सम्पदा क्षेत्रलाई पनि राष्ट्रिसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को विश्व सम्पदा सूचिमा समावेश गरेको छ । वेस्ट बैंकको जेरिकोमा रहेको टेल एस सुल्तानलाई युनेस्कोको विश्व सम्पदा सूचिमा समावेश भएको हो । साउदी अरेबियामा बसेको विश्व सम्पदा समितिको ४५ औं बैठकमा ऐतिहासिक स्थल थप्ने निर्णय भएको हो ।
टेल एस सुल्तान जेरिको शहर नजिकै जोर्डन उपत्यकामा अवस्थित छ । जेरी चन्द्रको शहर भनेर पनि चिनिन्छ ।