आयरल्याण्ड भ्रमणबाट सभामुख स्वदेश फिर्ता

.

सभामुख देवराज घिमिरे आयरल्याण्डको भ्रमण सकेर स्वदेश फर्किनुभएको छ । आईतवार उहाँले आयरल्याण्डको भ्रमण सकेर स्वदेश फर्किनुभएको हो । स्वदेश फर्किएपछि विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भ्रमणका क्रममा आइरिस सदनको माथिल्लो सदन सिनड एरियनका अध्यक्ष जेरी बटाइमर र आयरल्याण्डका राष्ट्रपति महामहिम माइकल डि. हिगिन्ससँग शिष्टाचार भेट भएको बताउनु भयो । उहाँले भेटमा आयरल्याण्डका तल्लो सदन डोलय एरियनका सभामुख सान ओ फारगेल, आइरिस सरकारका आवास, स्थानीय सरकार तथा सम्पदा मन्त्री दर्राघ ओ ब्रायन, आइरिस सरकारका शिक्षा मामिला हेर्ने राज्यमन्त्री नियाल कोलिन्ससँग पनि शिष्टाचार भेट गरेको बताउनु भयो । भ्रमणमा नेपाली विद्यार्थीका लागि सहज भिसा तथा छात्रवृत्तिको व्यवस्था, क्यान्सर लगायतका रोगको निदानका लागि आवश्यक उपचार पद्धति, प्रविधि लगायतको सहयोगबारे, एक अर्का देशका नागरिकको भ्रमण, नेपालको हिमाल र सगरमाथा हर्ने र आरोहणको लागि प्रोत्साहनबारे छलफल भएको बताउनु भयो । उहाँले नेपाली दक्ष तथा अदक्ष जनशक्तिका लागि रोजगारीको अवसर सिर्जना, बेलायतको भिसा भएका नेपालीहरुलाई आयरल्याण्ड भ्रमणमा सहजीकरण गर्ने, आगामी दिनमा नेपालबाटै आयरल्याण्डका लागि भिसाको प्रवन्ध गर्ने, नेपालमा आइरिस लगानी भित्र्याउनेबारेमा र जलवायु परिवर्तन लगायत विषयमा विश्व मञ्चमा साझा सहकार्य गर्नेबारेमा छलफल भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामी १ गतेदेखि ५ गतेसम्मको आयारल्याण्डका प्रतिनिधि सभाका सभामुख निमन्त्रणामा औपचारिक भ्रमण पूरा गरेर आएका छौँ । यहाँबाट प्रतिनिधि सभाका अन्य मान्यज्युहरु पनि लैजान पाएको भए राम्रो हुने थियो । तर अब विभिन्न कारणले गर्दा हामी छरितो टिमको रुपबाट गयौँ । प्रधानमन्त्री संयुक्त राष्ट्र संघको बैठकका लागि अमेरिका जानुभएको कारणले गर्दा उहाँसँग भेट हुन सकेन । आइरिस सदनको माथिल्लो सदन सिनड एरियनका अध्यक्ष जेरी बटाइमरसँग शिष्टाचार भेट, तल्लो सदन डोलय एरियनका सभामुख सान ओ फारगेलसँग शिष्टाचार भेट, आइरिस सरकारका आवास, स्थानीय सरकार तथा सम्पदा मन्त्री दर्राघ ओ ब्रायनसँग भेट । आइरिस सरकारका शिक्षा मामिला हेर्ने राज्यमन्त्री नियाल कोलिन्ससँग भेट । आयरल्याण्डका राष्ट्रपति महामहिम माइकल डि. हिगिन्ससँग शिष्टाचार भेट भयो । भ्रमणमा नेपाली विद्यार्थीका लागि सहज भिसा तथा छात्रवृत्तिको व्यवस्था, क्यान्सर लगायतका रोगको निदानका लागि आवश्यक उपचार पद्धति, प्रविधि लगायतको सहयोगबारे छलफल, एक अर्का देशका नागरिकको भ्रमण, नेपालको हिमाल र सगरमाथा हर्ने र आरोहणको लागि प्रोत्साहनबारे छलफल, नेपाली दक्ष तथा अदक्ष जनशक्तिका लागि रोजगारीको अवसर सिर्जनाबारे, बेलायतको भिसा भएका नेपालीहरुलाई आयरल्याण्ड भ्रमणमा सहजीकरण गर्ने । आगामी दिनमा नेपालबाटै आयरल्याण्डका लागि भिसाको प्रवन्ध गर्ने, नेपालमा आइरिस लगानी भित्र्याउनेबारेमा र जलवायु परिवर्तन लगायत विषयमा विश्व मञ्चमा साझा सहकार्य गर्नेबारेमा छलफल भयो ।’