आजकाे माैसमः आंशिक बदलीदेखि सामान्यतया सफा रहने

.

काठमाडौं – देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । अहिले देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । तराई भू-भागका केहि स्थानमा हुसु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।  राति भने  प्रदेश १ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रहि देशका बाँकी भूभागमा मौसम आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै, सोमबार प्रदेश नं १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक बदली रहनेछ। देशका पुर्वी तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।