काठमाडौं – भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान उनको निधन भएको हो ।
उनको जन्म २८ सेप्टेम्बर १९२८ मा भएको थियो । उनले थुप्रै नेपाली गीतहरु पनि गाएकी छन् । लता मंगेशकर एक महान पार्श्गायिका थिइन् । उनले भारतीय फिल्मी सङ्गीतलाई एक नयाँ परिभाषा दिएको धेरैको मान्यता छ ।
बलिउडको उदयसँगै यहाँका फिल्ममा पार्श्वगायक वा प्लेब्याक सिंगरको महत्वपूर्ण भूमिका रहेको छ, जसले फिल्मी पर्दामा अभिनेता र अभिनेत्रीलाई आफ्नो आवाज पर्दा पछाडिबाट दिँदै आइरहेका छन् ।