मन्त्रिपरिषद् बैठक बस्दै,स्थानीय चुनावको मितिबारे निर्णय हुनसक्ने

.

काठमाडौं – आज (सोमबार) मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । दिउँसो ३ बजे बस्ने बैठकले स्थानीय तह निर्वाचनको मिति तोक्नसक्ने बुझिएको छ ।

निर्वाचन आयोगले यसअघि नै जेठ ४ गते स्थानीय चुनावको मिति घोषणा गर्न सरकारलाई सिफारिस गरिसकेको छ ।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, दुई पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्थानीय चुनावलगायतका विषयमा छलफल भएको थियो ।