कमल थापाद्धारा पार्टी परित्यागको घोषणा

.

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गरेका छन्।

 

 

अध्यक्ष राजेन्द्र लिङदेनले आफनो मागको सम्बोधन नगरेको भन्दै असन्तुष्ट रहेका थापाले पार्टी परित्यागको घोषणा गरेको केन्द्रिय सदस्य अभिषेक थापाले जानकारी दिए । अभिषेकका अनुसार आज गृहनगर हेटौंडामा आयोजित एक कार्यक्रममा उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

 

 

‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय लिएको छु ।’ कार्यक्रममा थापाले भने, ‘पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भएतापनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ ।’