पोल्याण्डका यातायात मजदुरद्वारा युक्रेनसँग जोडिने सडक अवरुद्ध

.

पोल्याण्डका यातायात मजदुरहरूले युक्रेनसँगको सीमानामा जाने सडक अवरुद्ध गरेका छन् ।
पोल्याण्डका यातायात कम्पनीका प्रतिनिधिहरूले छिमेकी देशका व्यवसायहरूबाट अनुचित प्रतिष्पर्धाको बिरुद्धमा युक्रेनसँगको तीन वटा सीमानाका सडक अवरुद्ध गरेका हुन् । प्रदर्शनकारीहरूले ट्रकहरूलाई लुब्लिन भोइभोडशिपको कोर्चोवा र डोरोहस्कको क्रसिङहरूमा जानबाट रोकेका थिए । जसकारण लामो जाम परेको थियो ।

रूस–युक्रेन द्वन्द्व शुरु भएपछि, ईयूले युक्रेनी यातायात कम्पनीहरूलाई ब्लकमा प्रवेश गर्न अनुमति दिने प्रणालीमा माफी दिएको थियो । पोल्याण्डका कम्पनीहरूले यो कदमले युक्रेनी प्रतिष्पर्धीहरू यस क्षेत्रमा प्रवेश गरेको दाबी गरेका छन् । उनीहरुले आफ्नो कमाइमा घाटा पुगेको बताएका छन् । गत सोमवारदेखि ट्रक व्यवसायीले आन्दोलन गरिरहेका छन् ।

विद्युतीय लाइन प्रणाली पोलहरूको लागि अर्को चिन्ताको विषय भएको उनीहरुको भनाइ छ । पोल्याण्ड फर्कन चाहने वाहकहरूलाई अनिवार्य दर्ता गर्न धेरै समय लाग्ने उनीहरूको गुनासो छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।