नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले मुलुकको आर्थिक रुपान्तरणका लागि स्वदेशी र विदेशी लगानीको प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनुभएको छ । शुक्रवार नेपाल उद्योग परिसंघ (सीएनआई) ले आयोजना गरेको बजेट वाच कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले यस्तो बताउनुभएको हो । उहाँले आन्तरिक लगानीले मात्रै आर्थिक रुपान्तरण गर्न पर्याप्त नहुने बताउनु भयो । उहाँले राष्ट्रिय योजना आयोगले नै दिगो विकासका लक्ष्य हासिल गर्न वार्षिक २० खर्ब २५ अर्ब रकम आवश्यक पर्ने अनुमान गरेको भन्दै नेपालको आन्तरिक क्षमताले नभ्याउने बताउनु भयो । उहाँले त्यसको लागि भए पनि विदेशी लगानी पनि आवश्यक रहेको बताउनु भयो । उहाँले नेपाल सन् २०२६ मा एलडीसीबाट ग्रयाजुएसन हुन लागेको भन्दै ग्रयाजुएसनपछि नेपालले पाउँदै आएको सुविधा हट्ने अवस्था रहेको बताउनु भयो । उहाँले नेपालले पाउने सुविधा हटेपछि अन्य मुलुकसँग प्रतिष्पर्धी बन्दै अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । अध्यक्ष अग्रवालले नेपालको उत्पादनलाई प्रतिष्पर्धी बनाउन उत्पादकत्व बढाउने र उत्पादन लागत घटाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले चालु आर्थिक वर्षको बजेटमा लगानी प्रवद्र्धनसँग सम्बन्धित ८ वटा बुँदाहरु रहेको भन्दै यसको कार्यान्वयनका लागि निजी क्षेत्रको जोड रहेको बताउनु भयो । उहाँले निजी क्षेत्रको पहलमार्फत बजेटले निर्दिष्ट गरेका लक्ष्यहरू हासिल गर्न सघाउ पुग्ने विश्वास परिसंघको रहेको बताउनु भयो। उहाँले बजेटमा घोषणा गरिएका नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनबाट विद्यमान अर्थतन्त्रले भोगिरहेको मन्दीको असर, समग्र बजार मागमा आएको कमी, निजी क्षेत्रको घट्दो मनोबलमा सुधार ल्याउनुपर्ने अहिलको आवश्यकता रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘निजी क्षेत्र र अर्थतन्त्रसँग प्रत्यक्ष सरोकारका ७३ वटा बुँदालाई औद्योगिक विकास, लगानी प्रवद्र्धन, पूर्वाधार विकास, पर्यटन, कृषि, जडिबुटी तथा सुगन्धित वनस्पति, स्वदेशी उत्पादन तथा निर्यात प्रवद्र्धन, र कर व्यवस्थालाई सात क्षेत्रमा वर्गिकरण गरेका छौं । मुलुकको आर्थिक रुपान्तरणका लागि लगानी बढाउनुपर्ने हुन्छ । स्वदेशी र विदेशी लगानीको प्रवद्र्धन गर्न आवश्यक छ । आन्तरिक लगानीले मात्रै आर्थिक रुपान्तरण गर्न पर्याप्त हुँदैन । राष्ट्रिय योजना आयोगले नै दिगो विकासका लक्ष्य हासिल गर्न वार्षिक २० खर्ब २५ अर्ब रकम आवश्यक पर्ने अनुमान गरेको छ । यो हाम्रो आन्तरिक क्षमताले भ्याउँदैन । त्यसैले विदेशी लगानी पनि आवश्यक छ । हामी सन् २०२६ मा एलडीसीबाट ग्रयाजुएसन हुँदैछौं । ग्राजुएशनपछि हामीले पाउँदै आएको सुविधा हट्छ । हामी प्रतिष्पर्धी बन्दै अगाडि बढ्नुपर्ने आवश्यकता छ । हाम्रो उत्पादनलाई प्रतिष्पर्धी बनाउन उत्पादकत्व बढाउने र उत्पादन लागत घटाउनुपर्नेछ । चालु आर्थिक वर्षको बजेटमा लगानी प्रबद्र्धनसँग सम्बन्धित ८ वटा बुँदाहरु रहेका छन् । यसको कार्यान्वयनका लागि नै हाम्रो जोड रहेको छ । यस्ता पहलमार्फत बजेटले निर्दिष्ट गरेका लक्ष्यहरू हासिल गर्न सघाउ पुग्ने विश्वास हाम्रो छ । बजेटमा घोषणा गरिएका नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनबाट विद्यमान अर्थतन्त्रले भोगिरहेको मन्दीको असर, समग्र बजार मागमा आएको कमी, निजी क्षेत्रको घट्दो मनोबलमा सुधार ल्याउन सकिने हाम्रो विश्वास छ । समग्र आर्थिक विकास, बजेटले राखेको लक्ष्य हासिल गर्न एवं स्वदेशी एवं विदेशी लगानी प्रोत्साहन गर्न लगानी प्रवद्र्धन गर्न अति आवश्यक छ । आन्तरिक लगानीसहित विदेशी लगानी आकर्षित गर्न नीतिगत स्थायित्वसहित बजेटमा गर्ने भनेर उल्लेख गरिएका विषयको कार्यान्वयन अपरिहार्य छ ।सरकारको वित्त नीतिमा बोलिने तर कार्यान्वयन नहुने विगतका परम्परालाई तोड्दै मुलुकलाई आर्थिक रुपान्तरणको बाटोमा लैजान बजेटको सफल कार्यान्वयनबाट महत्वपूर्ण हुन्छ ।’
उहाँले समग्र आर्थिक विकास, बजेटले राखेको लक्ष्य हासिल गर्न एवं स्वदेशी एवं विदेशी लगानी प्रोत्साहन गर्न लगानी प्रवद्र्धन गर्न जोड दिनु भयो । उहाँले आन्तरिक लगानीसहित विदेशी लगानी आकर्षित गर्न नीतिगत स्थायित्वसहित बजेटमा गर्ने भनेर उल्लेख गरिएका विषयको कार्यान्वयन अपरिहार्य रहेको जिकिर गर्नुभयो । उहाँले सरकारको वित्त नीतिमा बोलिने तर कार्यान्वयन नहुने विगतका परम्परालाई तोड्दै मुलुकलाई आर्थिक रुपान्तरणको बाटोमा लैजान बजेटको सफल कार्यान्वयन गर्नुपर्ने बताउनु भयो ।