जोर्डनको राजधानी अम्मानमा गाजामा इजरायली हवाई हमला बन्द गर्नुपर्ने माग गर्दै प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन् ।
सहभागीहरुले सन् १९९४ मा जोर्डन र इजरायलबीच भएको शान्ति सन्धि खारेज गर्नुका साथै इजरायलसँगको प्राकृतिक ग्यास र पानी सम्झौता खारेज गर्नुपर्ने माग गरेका थिए । उनीहरूले इजरायली आक्रमण र इजरायल–हमास द्वन्द्वमा अमेरिकी हस्तक्षेपको निन्दा गर्दै गाजा र सबै कब्जा गरिएका प्यालेस्टाइन क्षेत्रहरूमा प्यालेस्टिनी जनताको समर्थनमा प्यालेस्टिनी झण्डा र ब्यानरहरूसहित प्रदर्शन गरेका छन् ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
जोर्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन
