लेबनानबाट इजरायललाई दबाब जारी राख्ने हिजबुल्लाह नेताको घोषणा

.

हिजबुल्लाह नेताले दक्षिण लेबनानबाट इजरायललाई दबाब जारी राख्ने बताएका छन् ।
हिजबुल्लाह नेता सय्यद हसन नसरल्लाहले इरान समर्थित सशस्त्र समूहले सैन्य कारबाही गरेर दक्षिणी लेबनानबाट इजरायललाई दबाब दिने बताउनुभएको हो । टेलिभिजन सम्बोधनमा नसरल्लाहले इजरायलको धम्कीको बाबजुद हमासले दक्षिणी इजरायलमा अचम्मको हमला गरेको एक दिनपछि हिज्बुल्लाहले अक्टोबर ८ देखि सैन्य कारबाही गरिरहेको बताउनु भयो । जसमध्ये अधिकांश ड्रोनबाट हमला भएको थियो । सशस्त्र समूहले इजरायलको बिरूद्ध कारबाही बढाएको छ । गत हप्तादेखि बुर्कान मिसाइलहरू तैनाथ गर्दै र दैनिक आधारमा टोही ड्रोनहरू पठाउँदैछ । जसमध्ये केही इजरायली शहर हाइफासम्म पुगेका नसरल्लाहले बताउनु भयो ।
उहाँले गाजामा इजरायली आक्रमणलाई समर्थन गरेकोमा अमेरिकाको आलोचना पनि गर्नुभयो । यसैबीच, इजरायलले सीमाबाट २० किलोमिटर गहिराइमा रहेको लेबनानी क्षेत्रमा आक्रमण गरेको छ । हिजबुल्लाहको सहयोगी अमल आन्दोलनका एक सदस्यलाई तोपखानामा मारेको छ । आन्दोलनका अन्य तीन सदस्यहरू घाइते भएका थिए । जसले १८ घरहरू ध्वस्त पारेको थियो र दक्षिणी गाउँहरूमा धेरै आगो लागेको थियो । यो हत्याले लेबनानी पक्षमा मारिनेको संख्या ९६ पुगेको छ । जसमा हिजबुल्लाहका ७५ सदस्य, अमल आन्दोलन, हमास र लेबनानमा इस्लामिक जिहादका १० सदस्य र फोटो पत्रकार सहित ११ जना सर्वसाधारण छन् । हिजबुल्लाहले अक्टोबर ८ मा इजरायलमा हमासको हमलाको समर्थनमा शेबा फार्ममा दर्जनौं रकेट प्रहार गरेपछि लेबनान–इजरायल सीमामा पाँच हप्ताको लागि तनाव बढेको हो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।