शिकागोको शेनयाङ जोड्ने नयाँ एयर कार्गो रुट शुरु

.

चीनले शिकागोको शेनयाङ जोड्ने नयाँ एयर कार्गो रुट शुरु गरेको छ ।
उत्तरपूर्वी चीनको लिओनिङ प्रान्तको राजधानी शेनयाङ र संयुक्त राज्य अमेरिकाको शिकागो जोड्ने इ–कमर्स एयर कार्गो मार्ग  खोलिएको हो । एयर चाइना कार्गो कम्पनि लिमिटेडद्वारा सञ्चालित पहिलो विमानमा १०३ टन उत्पादनहरू जस्तै लुगा, जुत्ता, टोपी र इलेक्ट्रोनिक सामानहरू लोड गरिएको छ । जसको कुल मूल्य करिव ३४ मिलियन युआन (४.६७ मिलियन अमेरिकी डलर) छ ।

नयाँ–खोलिएको क्रस–बोर्डर ई–वाणिज्य कार्गो मार्ग शेनयाङदेखि शिकागो सम्मको पहिलो हवाई कार्गो मार्ग हो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।