हरेक वर्षको भाईटीकाझैं यो वर्षपनि अञ्जली दिदिले सामुहिक भाइटीका लगाईदिनुभएको छ । काठमाडौंमा २०५५ सालदेखि नै सामुहिक रुपमा भाइटीका लगाउँदै आउनुभएकी ताहाचलकी अञ्जली दिदिले विगत वर्षहरुझैं यस वर्षपनि सामुहिक रुपमा भाईटीका लगाइदिनुभएको हो । काठमाडौंको मरुमा रहेको काष्ठमण्डप मरु सतलको गोरखनाथ परिसरमा आज (बुधवार) उहाँले सयौँको संख्यामा सामुहिक भाईटीका लगाइदिनुएको हो । अञ्जली दिदिले तिहारको अवसरमा भाईटीका लगाइदिएको यस वर्षसँगै २५ वर्ष पूरा भएको छ ।
वसन्तपुरमा–अञ्जली–दिदिको–सामुहिक–भाईटीका
