पाल्पाा,मंसिर ०१ ।
सुनिल कार्की \
ढुङ्गे युग देखि संघियतासम्म आइपुग्दा नेपालमा थुप्रै परिवर्तन र विकास भयो । जाहानीय राण शासनमा पनि मुलुकमा स्वास्थ्य, शिक्षा र सडकका पूर्वाधार बने । त्यो समयमा पनि मानिसहरुले स्वास्थ्यमा आयुर्वेदीक उपचार पद्धतिको सेवा लिन पाउथे । उ बेला वैद्यहरु डाक्टर भनिन्थ्यो र उनिहरुले नै उपचार सेवा दिने गर्दथ्ये । सो समयमा जनता विरामी भएमा वैद्यहरु घरघरमै पुगेर धेरै भन्दा धेरैलाइ निको बनाउथे । अहिले हामी २१ औं शताब्दीमा हामी बामे सर्दै छौं । मुलुकमा सुरुवाती चरणमा जति स्वास्थ्य क्षेत्रले फड्को मारेको थियो । त्यो फड्कोले अहिले निरन्तरता नपाउँदा सेवाग्राहीको स्वास्थ्य क्षेत्रमा पहुँच वृद्धि हुन सकेको छैन् । ढुङ्गे युग भनिने जंगलमै खाने उतै रमाउने हाम्रो युग कुनै बेला सहजै चलेको थियो । समयको परिवर्तनसँगै मानिसका माग र अपेक्षा वृद्धि हुँदै जाँदा भने नयाँ नयाँ विषयको अन्वेषण भयो । जसले हाम्रा हरेका आवश्यकता परिपुर्ति गर्दै गएको छ ।
समयको विकासक्रम अनुरुप हाम्रो पुर्खाको ढुङ्गे युग, राणशासन, लोकतन्त्र, १० वर्षे शसस्त्र द्धवन्द गाणतन्त्र हुँदै अहिले संघियतामा प्रवेश गरेको छ । नेपालको संविधान २०७२ ले नेपाललाई तीन तहको सरकार रहने ब्यवस्था गरे अनुरुप अहिले संघिय, प्रदेश र स्थानीय तह रहेका छन । ७ वर्षको अनुभव लिएर अगाडी बढेका प्रदेश र स्थानिय तहले आफुहरुलाई स्वयत्त बनाई आफ्ना नागरिकलाई सेवा सुविधा र सहजताको लागि निति योजनाका माध्येमबाट समृद्ध बनाउने अभियानमा जुटे पनि नागरिकले अनुभुति भने गर्न सकेका छैनन् । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको बृहत्त विकासको लागि तीन तहका सरकारले अपेक्षाकृत काम गर्न नसकेको सरोकारवालले गुनासो गरेका छन । आर्थिक र निर्णयको आफ्नो छुट्टै अधिकार पाएका प्रदेश र स्थानिय तहले अधिकार अनुरुपको कर्तब्यको पालना गर्न नसकेका हुन । नेपाली भुभागको मध्य भागमा रहेको लुम्बिनी प्रदेश सरकार पनि ७ प्रदेश मध्येको एक हो । यस प्रदेशले स्वास्थ्यलाई जति महत्व दिनुपर्ने हो त्यो दिन सकेको छैन भने बजेटका हिसाबले लगानी गरे पूर्वाधार र जनशक्ति पनि उत्पादन गर्न नसकेको लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरलेका राजनितिक सल्लाहकार झपेन्द्र जिसीले बताउनुभयो । लुम्बिनीको एक पहाडी जिल्ला पाल्पाका १० स्थानिय तहले पनि स्वास्थ्य क्षेत्रलाई जति प्राथमिकता दिनुपर्ने त्यती दिन सकेका छैनन् ।
पालिकाले आफ्नो स्वास्थ्य क्षेत्रको विकासको लागि स्वास्थ्य चौकिको भौतिक संरचनाको स्तरउन्नती गर्ने बाहेक अन्य काम हुन नसक्दा सेवाग्राहीले आवश्यक र सहज सेवा पाउन सदरमुकाम नै धाउनुपर्ने बाध्यता बनेको छ । स्थानिय स्वास्थ्य चौकीमा सामान्य ज्वरो, प्रेसर,तौल लिने र सिटामोल पाउने बाहेक अरु सुविधा पाउन नसक्नुले नै स्थानिय स्वास्थ्य चौकीको स्थितिलाई दर्शाउदा स्वास्थ्य सेवा भित्रको पनि सेवा खोज्दाको अवस्था पनि उस्तै छ । आज भन्दा ४० वर्ष अगाडीको स्वास्थ्य सेवा अहिलेको स्वास्थ्य संरचना र सेवा सुविधमा त्यस्तो आमुल परिवर्तन हुन नसक्दा जनताले सुविधा लिनबाट बञ्चित भएको बताएका हुन । गाउँबाटै गुणस्तरिय यौन तथा प्रजनन स्वास्थ्य सेवा पाउन कठिनाई भएको गुनासो पाल्पाका सेवाग्राहीले गरेका छन । परिवार नियोजनको अस्थायी साधन पुरुष कण्डम बाहेक अन्य साधन नपाउँदा सदरमुकाम तानसेन नै पुग्नुपर्ने बाध्यता रहेको रैनादेवी छहरा गाउँपालिका ८ जुठापौवाकी स्थानिय रुपक खड्काले बताउनुभयो । दुई सन्तानको रहर पुरा भयो, हाम्रो श्रीमान श्रीमतीको इच्छा अनुरुप श्रीमती ज्यूले परिवार नियोजन गर्ने सहमती गरेका छौं तर गाउँमै परिवार नियोजन सेवा अन्तरगत स्थायी बन्ध्याकरण गर्न सदरमुकाम तानसेन नै पुग्नु पर्ने बाध्यता रहेको बताउनुभयो ।
यस्तै तिनाउ गाउँपालिका वडा नं ४ सत्यवतीकी ३९ वर्षीय तिलाकुमारी गाहालाई उस्तै समस्या छ । गाउँमा परिवार नियोजनको सेवा लिन नपाउँदा रुपन्देहीको बुटवल पुग्नु परेको बताउनुभयो । एक दिन पुरै लगाएर, आउन जान गरेर एक हजार गाडी भाडा मात्र लाग्छ । गाउँमै सेवा नपाउँदा हामीलाई दुख भएको छ उहाँले भन्नुभयो ।
स्थानिय तहले परिवार नियोजन सेवालाई नियमित गर्न आवश्यक पहल नै नगर्दा सेवाग्राही सदरमुकाम या छिमेकी जिल्ला जानुपर्ने बाध्यता बनेको समाजसेवी विनोद पहाडी बताउनहुन्छ । जिल्लाका सरोकारवाल निकाय स्वास्थ्य कार्यालय पाल्पा,जिल्ला समन्वय समिति सहित सरकारी एवं गैरसरकारी निकायको समन्वयमा गाउँमै परिवार नियोजन सेवा पाउनुपर्ने नागरिकको अधिकारीको सुनिश्चिताको लागि स्थानिय निकायले पहल गर्नुपर्नेमा समाजसेवी पहाडीेले बताउनुभयो ।
स्थानिय तह रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रुक्माङगत भटराईका अनुसार पालिका भित्र एउटा मात्र सुचिकृत स्वास्थ्य संस्था छहरा स्वास्थ्य चौकि भएकोले परिवार नियोजन सेवालाई बृहत बनाउन नसकेको बताउनुभयो । औषधीद्धारा गर्न सकिने १२ हप्ता सम्मको मात्र सुरक्षित गर्भपतन सेवा बाहेर परिवार नियोजनको स्यायी सेवा लिन नपाउँद असुरक्षित गर्भपतन गराउन ग्रामणिभेगका सेवाग्राही बाध्य बनेको गाउँपालिका अध्यक्ष भटराईको भनाइ छ । यस्तै तिनाउ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण कार्कीका अनुसार दोभान स्वास्थ्य चौकी मात्र सुचिकृत स्वास्थ्य संस्था भएकोले अन्य भुगोलका सेवाग्राहीलाई समस्या भएको बताउनुभयो । पालिका भित्र भौगोलिक विकटा रहेकोले पालिकाका् केन्द्र दोभानमा रहेको स्वास्थ्य संस्थामा पनि सिमित सेवा पाइने भएकोले सेवाग्राहीलाई मर्का परेको स्वीकार गर्नुभयो । गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले भने वडाका ५ वटै स्वास्थ्य संस्थाको स्तरउन्नतीको पहल गरे पनि बजेट अभावमा गर्न नसकेको बताउनुभयो । सिमित बजेटका कारण वडाका सबै स्वास्थ्य संस्थामा सेवाग्राही समस्यामा परिरहेको थाहा हुँदा हुँदै पनि समस्या समाधान तर्फ ध्यान दिन नसकेको बताउनुभयो । प्रदेश र संघ सरकारसँग समन्वय स्वास्थ्य चौकिको सेवालाई बृहत बनाएर अगाडी बढाउने तयारीमा आफु रहेको बताउनुभयो ।
मानव अधिकार तथा शान्ती समाज नेपालका केन्द्रिय वरिष्ठ उपाध्यक्ष एवं पाल्पा शाखा सल्लाहकार कृष्ण बहादुर रावलले मानव अधिकार भित्रको महत्वपूर्ण पाटो स्वास्थको पनि संवेदनशील यौन तथा प्रजनन स्वास्थ्यको सम्रग सुधारको खाँचो रहेको बताउनुभयो । जिल्लाका दश वटै स्थानिय तहले स्वास्थ्य चौकीबाट नियमित परिवार नियोजनको स्थायी अस्थायी सेवा दिन सके असुरक्षित गर्भपतनको दरमा कमी आई नागरिकको जिउँधनको सुरक्षा पाउने दाबी गर्नुभयो । यस्तै स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले जिल्लाबासीले सहज तरिकाले आवश्यक परेको बेला आफ्नो गाउँठाउँमै परिवार नियोजन सेवा लिन नपाएको बताउनुहुन्छ , सेवालाई बृहत र विस्तारित बनाउन स्थानिय तहले नसक्नुमा लगानी र भिजन दुबैको खाँचो रहेको उल्लेख गर्नुभयो ।
यता नेपाल परिवार नियोजन सघ पाल्पा शाखाका प्रबन्धक शोभाकान्त न्यौपानेले भने स्थानिय तहले परिवार नियोजनको सेवा शिविर मार्फ दिर्दै आएको र त्यसमा आफुहरुले प्राविधिक सहयोग गर्दै आएको बताउनुभयो । गाउँपालिकाले कम्तीमा वर्षको एक पटक वडाको पाएक पर्ने स्थानमा बृहत एकिकृत शिविरबाट सेवा दिदैं आएको भए पनि पालिका भित्रका स्वास्थ्य संस्था सक्षम नभएको बताउनुभयो । स्थानिय तह अधिकार र स्रोतको हिसाबले सक्षम भए पनि स्वास्थ्य क्षेत्रको विकासमा भने काम गर्न नसकेको उल्लेख गर्नुभयो । अन्तत स्थानिय तहले आफ्ना पालिका भित्रका नागरिकलाई गुणस्तारिय यौन तथा प्रजनन स्वास्थ्यको सर्वशुलभ पहुँचमा ल्याउन संवेदनशील हुनुपर्ने आवश्यकता भने देखिएको छ ।
पालिका भित्रका स्वास्थ्य चौकीलाई सिमित सेवाप्रवाहको घेरामा नराखी यीनको सेवाको क्षेत्र विकास हुन सके नागरिकले बाहिरी जिल्ला गएर वा सदरमुकाम नै जानुपर्ने या एक दुई वर्षसम्म घुम्ती शिविरको प्रतिक्षा गर्नुपर्ने बाध्यताको अन्तय हुने बलियो सम्भावना देखिन्छ । संविधानले नै सिंहदरबारको अधिकार गाउँघरमा पुगेको भने जस्तै अव सदरमुकामको सेवा गाउँमा पुग्न सकेको खण्डमा नागरिकले सहज सेवा लिने बलियो सम्भावन देखिएको छ ।