अष्ट्रेलियाले प्रविधिको सुरक्षित प्रयोगलाई प्रवद्र्धन गर्न पहिलो एआई महिना शुरु गरेको छ ।
अष्ट्रेलिया सरकारले प्रविधिको सुरक्षित र जिम्मेवार प्रयोगलाई प्रोत्साहन गर्दै बुधवार देशको पहिलो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) महिना शुरु गरेको हो । उद्योग र विज्ञान मन्त्री एड हसिकले क्यानबेराको अष्ट्रेलियाको राष्ट्रिय विज्ञान र प्रविधि केन्द्र क्वेस्टाकनमा नयाँ एआई प्रदर्शनी खोलेर औपचारिक रूपमा एआई महिनाको उद्घाटन गर्नुभयो । एआई महिना नोभेम्बर १५ देखि डिसेम्बर १५ सम्म सञ्चालन हुनेछ । एआई भविष्यका लागि अष्ट्रेलियाको योजनाबारे छलफल गर्न उद्यमीहरू एक ठाउँमा जुटेका छन् । एनएआईसी निर्देशक स्टेला सोलारले यस वर्ष एआईमा भएको द्रुत प्रगतिले अष्ट्रेलियाले एआई अवसरलाई सदुपयोग गर्न र यसको विश्वव्यापी प्रतिष्पर्धालाई गति दिनको आवश्यकतालाई जोड दिएको बताउनु भयो । एआई महिनाको अवधिमा अष्ट्रेलियाभरि ४० संस्थाहरूद्वारा आयोजित ५० भन्दा बढी कार्यक्रमहरू, कार्यशालाहरू, प्यानल छलफलहरू, सम्मेलनहरू र ह्याकाथनहरू एआई अवसरहरू र उत्कृष्ट अभ्यासहरू हाइलाइट गर्नका लागि आयोजित हुनेछन् ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
अष्ट्रेलियामा प्रविधिको सुरक्षित प्रयोगलाई प्रवद्र्धन गर्न पहिलो एआई महिना शुरु
