फिलिपिन्सको दक्षिणी क्षेत्रमा ७.२ म्याग्निच्युडको भूकम्प गएको छ ।
शुक्रवार दिउँसो दक्षिणी फिलिपिन्सको डाभाओ ओक्सीडेन्टलमा ७.२ रेक्टर स्केलको प्रारम्भिक भूकम्प गएको फिलिपिन्स इन्स्टिच्युट अफ ज्वालामुखी तथा भूकम्प विज्ञानले जनाएको छ । दिउँसो ४ बजेर १४ मिनेटमा भूकम्प गएको संस्थानले जनाएको छ । १० किलोमिटरको गहिराइमा सारङ्गानी शहरबाट ३० किलोमिटर दक्षिणपश्चिममा केन्दबिन्दु रहेको बताइएको छ । इन्स्टिच्युटले टेक्टोनिक भूकम्पले पराकम्पन आउने र क्षति पु¥याउने बताएको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
फिलिपिन्सको दक्षिणी क्षेत्रमा ७.२ म्याग्निच्युडको भूकम्प
