गाजा विवादलाई अन्तर्राष्ट्रिय अदालतमा लैजान्छौँः राष्ट्रपति एर्दोगान

.

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्किले गाजामा भएको “नरसंहार“ लाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने बताउनुभएको छ ।
उहाँले गाजा पट्टीमा प्यालेस्टाइनीहरूको मृत्युको संख्या धेरै भएको बताउनुभएको छ । उहाँले गाजामा भएको नरसंहारलाई करिव २ हजार वकीलहरुसँग अन्तर्राष्ट्रिय अदालतमा लैजाने बताउनु भयो ।  जारी द्वन्द्वमा १२ हजार भन्दा बढी प्यालेस्टिनी मारिएका छन् भने ३० हजार भन्दा बढी घाइते छन् ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।