काठमाडौं-वाङ्मय शताब्दी पुरुष डा. सत्य मोहन जोशी किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत छन् ।
जोशीमा पछिल्लो समयमा देखिएको निमोनिया संक्रमणका साथै मुटुमा देखिएको समस्याको उपचार भइरहेको अस्पतालले जनाएको छ ।
फोक्सोमा पानी जमेको अवस्था भएकाले प्लुरल टयापिङ् गरिएको अस्पतालले जनाएको छ ।
जोशीलाई प्रोष्टेटको समस्या समेत भएको हुँदा सोका कारण युरिन ईन्फेक्सन देखिएको अस्पतालले जनाएको छ ।
यस सम्बन्धमा युरोलोजिष्टको निगरानीमा उपचार प्रारम्भ गरिएको अस्पतालले जनाएको छ । आजबाट चेष्टफिजियोथेरापी समेत शुरु गरिएको अस्पतालले जनाएको छ ।
न्युज कारखाना