तुलसीपुरकाे जुत्ताचप्पल गाेदाममा आगलागी हुँदा ५ जनाकाे मृत्यु

.

काठमाडौं. दाङ – दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ताचप्पल पसलकाे गाेदाममा आगलागी हुँदा ५ जनाकाे ज्यान गएकाे छ ।

 

 

बिहीबार राति करिब पौने २ बजे आगलागी हुँदा मानवीय क्षति भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसी श्यामु अर्यालले जानकारी दिए । चार पुरुष र एक बालिकाकाे शव फेला परेकाे उनले बताए । चार तले भवनमा आगलागी भएकाे हाे ।

 

 

राति लागेकाे आगाे तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाको दमकल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयबासीले बिहान नियन्त्रणमा लिएका थिए  । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीकाे आँकलन छ ।