दाङमा मानवसेवा आश्रम तुलसीपुर शाखा कार्यालयको भवन शिलान्यास

.

दाङ-दाङमा मानवसेवा आश्रम तुलसीपुर शाखा कार्यालयको भवन शिलान्यास भएको छ । तुल्सीपुर उपमहानगरपालिका वडा नंम्बर ०४ हलवार स्थित भवननिर्माणस्थलमा लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की ज्युले शिलान्यास गर्नुभएको हो ।  

 

भवन शिल्यान्यास समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री  मास्कीले भवन निर्माणको लागि प्रदेश सरकारको समर्थन रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । मावनसेवा आश्रमले राज्यको दायित्व पुरा गरेको बताउदै उक्त कार्यमा सबै एकजुट हुनुपर्ने उहाँले  बताउनुभयो ।

 

यस्तै, तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्का ज्युले समेत उक्त मानवीय भवननिर्माणको लागि सम्पुर्णलाई एकजुट हुन आह्वान गर्नुभयो । मानवसेवा आश्रम निर्माणका लागि मुठीदान गर्न उहाँले अपिल गर्नुभयो ।

 

समारोहमा  स्थानीय जनप्रतिनीधि, समाजसेवी, टोलसुधार समिती,  स्थानीयवासी, संस्थाका अभिभावक लगायतको गौरवमय उपस्थिती रहेको थियो ।
सोही भवननिर्माण सहयोगार्थ माघ १३ देखि २० गते सम्म तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ स्थित अरनिको मैदानमा श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ हुन गहिरहेको छ । सो मानवीय भवननिर्माणस्थल कालिका मालिका मन्दिर व्यबस्थापन समितिले  उपलब्ध गराएको थियो ।