नाउरुवान सरकारले एक चीन सिद्धान्तलाई मान्यता दिने निर्णय गरेको छ । ताइवानका अधिकारीहरूसँग तथाकथित कुटनीतिक सम्बन्ध तोडेको र चीनसँग कुटनीतिक सम्बन्ध पुनः शुरु गर्न इच्छुक रहेको घोषणा गरेको छ । १९ वर्षको अन्तरालपछि चिनियाँ कुटनीतिक टोलीले सोमवार नाउरुमा चिनियाँ राष्ट्रिय झण्डा फहराएको छ । १९ वर्षमा पहिलो पटक प्रशान्त टापुमा पाँच तारे रातो झण्डा फहराइएको हो । नाउरुमा चिनियाँ दुतावासलाई उनीहरूको अस्थायी कार्यालयहरू रहेको परिसरमा पुनःस्थापना गर्न समारोह आयोजना गरेको थियो । चीन र नाउरुले जनवरी २४ मा बेइजिङमा राजदुत स्तरमा कुटनीतिक सम्बन्धको पुनःस्थापनासम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।
नाउरुले एक चीन सिद्धान्तलाई मान्यता दिने