अफगानिस्तानमा ७.५ मिलियन बालबालिकालाई पोलियोबिरुद्धको खोप लगाइने

.

अफगानिस्तानका ३४ प्रान्तमध्ये २१ वटा प्रान्तमा पाँच वर्ष मुनिका ७५ लाखभन्दा बढी बालबालिकाले पोलियोबिरुद्धको खोप लगाउने भएका छन् । देशको जनस्वास्थ्य मन्त्रालयले यसबारेमा जानकारी दिएको हो । सोमवारबाट शुरु भएको चारदिने पोलियो बिरुद्धको अभियानमा २१ प्रदेशका २३३ जिल्लाका पाँच वर्षमुनिका सात लाख ८० हजार ८५ बालबालिकालाई खोप लगाइने बताइएको छ । यो रोग उन्मुलन गर्ने अभियान एक महिना अघि युद्धग्रस्त देशमा डिसेम्बर २९ मा शुरु गरिएको थियो । जसमा पाँच वर्षमुनिका झन्डै ७५ लाख बालबालिकालाई पोलियो बिरुद्धको खोप लगाइएको थियो । अफगानिस्तानमा २०२३ मा ६ पोलियोका पोजिटिभ केसहरू दर्ता भएका छन् । हालसम्म कुनैपनि तथ्याङ्क जारी गरिएको छैन भने यो वर्षमा पोलियोका पोजिटिभ केसहरू फेला परेको पुष्टि भएको छ । संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय बाल आपत्कालीन कोषकाअनुसार अफगानिस्तान र पाकिस्तान मात्र विश्वमा पोलियोको महामारीबाट ग्रस्त राष्ट्रहरू हुन् ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।