अफगानिस्तानको कामचलाउ सरकारका कार्यवाहक विदेशमन्त्री मौलावी अमिर खान मुत्ताकीले अफगानिस्तान विश्व समुदायसँग सकारात्मक र विभिन्न राष्ट्रहरूसँगको राम्रो सम्बन्धमा जोड दिएको बताउनुभएको छ । अफगानिस्तानमा भएको क्षेत्रीय सम्मेलनको समापनपछि पत्रकार सम्मेलनमा मुत्ताकीले उक्त कुरा बताउनुभएको हो । उहाँले विश्व समुदायसँग आफूहरु सकारात्मक सम्बन्ध राख्न चाहेको बताउनु भयो ।
अफगानिस्तान क्षेत्रीय सहयोग पहल शिर्षकको सम्मेलन अफगान कार्यवाहक सरकारले आयोजना गरेको थियो । सबै सहभागीहरूले शान्तिपूर्ण र प्रगतिशील अफगानिस्तान क्षेत्रको हितमा जोड दिएका थिए । सम्मेलनमा सहभागी सबैले मध्य एशियालाई दक्षिण एशियासँग जोड्न अफगानिस्तानको भुमिकामा जोड दिएको मुत्ताकीले बताउनु भयो । ठूला विकास आयोजना कार्यान्वयनमा सहकार्य गर्न सहभागीहरु सहमत भएको बताउनु भयो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।