टर्कीको पर्यटन राजश्व २०२३ मा वार्षिक रूपमा १७ प्रतिशतले बढेर ५४.३ बिलियन अमेरिकी डलर पुगेको छ । संस्कृति तथा पर्यटनमन्त्रीले बुधवार यसबारेमा जानकारी गराउनुभएको हो । २०२३ वर्ष ५६.७ मिलियन आगन्तुकहरू आएको बताइएको छ । जुन अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले बढेको छ ।
२०२३ मा टर्की रुसी पर्यटकहरुको लागि सबैभन्दा लोकप्रिय गन्तव्य थियो, । त्यसपछि जर्मन आगन्तुकहरू रहेको उहाँले बताउनु भयो । एरसोयले हाल विशेष गरी उत्तर अमेरिका, क्यानडा, चीन, भारत र अष्ट्रेलियाबाट थप आगन्तुकहरूलाई आकर्षित गर्न अध्ययनहरू भइरहेको छ । सन् २०२३ मा ९९ डलर रहेकोमा यस वर्ष प्रतिपर्यटक औसत खर्च १०६ डलर पुग्ने पनि मन्त्रीले बताउनु भयो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।