नवौं नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीमा अवलोकन कर्ताहरुको भीडसँगै व्यवासायीहरु खुशी भएका छन् ।
माघ १८ गतेदेखि शुरु भएको ४ दिने मेलामा अवलोकन कर्ताहरुको बाक्ला उपस्थितिले व्यवसायीहरु उत्साहित भएका हुन् । मेलामा व्यवसायीहरुले विगतका वर्षहरुमा भन्दा यस वर्षको मेलामा धेरै अवलोकनकर्ताहरु आइरहेको बताए । उनीहरुले मेलामा आवश्यक अवलोकनकर्ताहरु बढी रहेको जानकारी दिए । यस्त मेलाहरुले नयाँ खुलेका कम्पनीहरुलाई बजारमा स्थापित हुन र पुराना कम्पनीहरुलाई पनि आफ्ना उत्पादनहरु उपभोक्तामाझ पु¥याउन सहज र राम्रो माध्यम बन्ने बताए । मेलाले स्वदेशमा मात्रै नभइ विदेशमा पनि नेपाली सामानहरुको पहुँच बिस्तार र बजारीकरणमा महत्वपूर्ण भुमिका खेलेको बताए । मेलामा स्टल राखेका रुक्मिणी ग्रुपका प्रतिनिधि आदित्यराज बुदियाले विल्डकन जस्तो मेला आफ्ना उत्पादनहरुलाई बजारीकरण गर्न र सेवाग्राही समक्ष पु¥याउन महत्वपूर्ण भएको बताउनु भयो । उहाँले मेलाले आफ्ना उत्पादनहरु उपभोक्ताहरुलाई बुझाउन र उपभोक्ताले पनि सबैखाले जानकारी राख्न मद्दत पुग्ने विश्वास राख्नुभयो । उहाँले यस्ता मेलाले व्यापारमा पनि धेरै फाइदा हुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘विल्डकन जस्तो मेलामा हाम्रो उत्पादनका लागि एकदमै सहयोग हुन्छ । किनभने सबै उद्योगपतिहरु आएर आफ्ना सामान देखाउन र बुझाउन सकिन्छ । आफ्नो प्रोडक्ट्सको बारेमा बुझाउन र बुझ्न यो मेलाले सहयोग गरेको छ । यसले बिजनेसमा पनि धेरै फाइदा हुन्छ । ३ हजार मात्रैलाई पनि हामीले बेलाउनसक्यो भने राम्रो हुन्छ ।’
मेलामा स्टल राख्नुभएका हुलास स्टिलका ब्राण्ड एण्ड मार्केटिङ म्यानेजर रवि केसीले मेलाबाट बजारमा आएका नयाँ नयाँ प्रविधिको बारेमा जानकारी मिल्ने बताउनु भयो । उहाँले ग्राहक र व्यवसायीहरुलाई बुझ्न र बुझाउने मेलाले सहयोगी भुमिका खेलेको बताउनु भयो । उहाँले मेलामा हरेक वर्ष नयाँ होस् भन्ने ग्राहकको चाहनालाई पूर्ति गर्ने काम गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिले हरेक चिजमा नयाँ नयाँ प्रविधि आएको छ । त्यो प्रविधिको बारेमा हामीले बुझाउन सक्यो भने राम्रो हुन्छ । हाम्रो ग्याल्बोलोम प्रविधियुक्त जस्तापाता छन् । मेलामा हरेक वर्ष ग्राहकको चाहना नयाँ होस् भन्ने हो । त्यही अनुसार हामीले नयाँ नयाँ प्रविधि भित्र्यारहेका छौँ । त्यसको बारेमा जानकारी दिन र बुझाउन पाउँदा राम्रो हुन्छ ।’
मेलामा स्टल सञ्चालन गर्नुभएको भोल्गा स्टोन एक्स्ट्रोसिबियाका महाप्रवन्धक हरिश ज्योतियाले उपभोक्ताहरुलाई मेलामा भेटेर आफ्ना सामग्रीहरुको बारेमा जानकारी गराउने र उपभोक्ताहरुले पनि आफ्रूलाई लागेको जिज्ञासा राख्न र बुझ्न पाउने भएकाले मेला फलदायी हुने बताउनु भयो । उहाँले आगामी दिनमा पनि यस्ता मेला सञ्चालन हुनुपर्ने बताउनु भयो । उहाँले आफ्नो कम्पनीले नेपालमा उपभोक्ताहरुलाई चाहेको र भनेजस्तो सामग्री दिइरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले जतिपनि उपभोक्ताहरुलाई मार्केटमा वान अफ द बेस्ट प्रोडक्ट दिइरहेका छौँ । नेपालभरमा हामीसँग जति भेराइटी छ, अन्त कतै छैन । हामीले सस्तोदेखि महंगोसम्म छ । उपभोक्ताले चाहेको जस्तो हामीसँग छ । नयाँ प्रोडक्ट हामीले ल्याउँदैछौँ । हामीले राम्रो कस्टुमर फिडब्याक पाइरहेका छौँ । अहिले राम्रो भइरहेको छ । उत्पादनहरु पनि उहाँहरुलाई मन परिरहेको छ ।’
त्यस्ते मेलामा स्टल राख्नुभएका कजेरिया कम्पनीका प्रतिनिधि रुपक बस्नेतले यस्तो मेलाहरुमा धेरै मानिसहरुलाई एकै ठाउँमा भेट्न र बुझाउन पाउने भएकाले फलदायी रहने बताउनु भयो । हरेकको घरघरमा जानु भन्दा पनि एकै ठाउँमा सबैलाई भेट्न र बुझाउन पाइने उहाँको भनाइ छ । उहाँले कजेरियाले नेपालमै फ्याक्ट्री खोलेर कारोबार गर्न लागेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यस्तो मेलाहरुमा धेरै मानिसहरुलाई एकै ठाउँमा भेट्न र बुझाउन सक्छौँ । हरेकको घरघरमा जानु भन्दा पनि एकै ठाउँमा सबैलाई भेट्न र बुझाउन पाइन्छ । हाम्रो उत्पादनको बारेमा उनीहरुलाई बुझाउनका लागि सहयोग पुग्छ । कजेरिया नेपालमा पनि आउँदैछाँै छौँ । फ्याक्ट्री लञ्चिङ भइरहेको छ ।’
यता, डोर एण्ड विन्डोज कम्पनीका निर्देशक कुलदीप खेतानले मेलाले व्यवसायलाई धेरै नै उत्साह थपिरहेको बताउनु भयो । उहाँले यस्ता मेलाहरु नयाँ कम्पनीहरुलाई बजारमा पुग्नका लागि महत्वपूर्ण माध्यम बन्ने गरेको बताउनु भयो । आफूले कम्पनी खोलेको डेढ वर्षमै धेरै माझ पुग्नको लागि मेला महत्वपूर्ण भएको आफ्नो ठम्याइ रहेको बताउनु भयो । मेलामा उपभोक्ताले सबैसँग बुझेर र दाँजेर आफ्नो निर्णय गर्नसक्ने भएकाले मेला राम्रो रहेको अवलोकन कर्ताहरुको उपस्थिति उल्लेख्य रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो मेलाले धेरै हेल्पफुल भइरहेको छ । हामी गत वर्षमा पनि आएका थियौँ । हाम्रो उत्पादन डेढ वर्ष भयो । यस्तो बेलामा ५ वर्ष जित त बजारमा जानै र बुझाउनै लाग्छ । तर यस्तो मेलाले छिटो बजारमा पहुँच बिस्तर गर्न सहयोग पुग्छ । प्रोडक्ट नलेज क्लाइन्टकोमा पुग्न सहज हुन्छ । हामीले आफ्नो स्ट्रेन्थ देखाउन पाइन्छ । सबैले एक अर्कासँग दाँजेर किन्न र निर्णय गर्नसक्छ । धेरै जना आउनुभएको छ मेलामा ।’
त्यस्तै मेलामा स्टल सञ्चालन गर्नुभएका वेदालय ग्रुपका अध्यक्ष जयराम अर्यालले नवौं विल्डकन एक्स्पो व्यवासायीहरुका लागि अवसर भएको बताउनु भयो । यस्ता मेलाले उपभोक्तामाझ पुग्न र आफ्ना सामग्रीहरु पु¥याउन महत्वपूर्ण हुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नवौं विल्डकन एक्स्पोमा हामीले अवसर पाइरहेका छौँ । किनभने एकै ठाउँबाट धेरै जनालाई हामीले बुझाउन सक्छौँ । आज सेकेण्ड डे हो फ्लो राम्रो छ । पहिलाको भन्दा अहिले आर्थिक मन्दी भएको बेलामा पनि एक्स्पोले उर्जा दिएको महशुस भएको छ । आवश्यक अवलोकनकर्ताहरु धेरै हुनुहुन्छ ।’
उहाँले मेलाको दोस्रो दिन आज पनि अवलोकन कर्ताहरुको उपस्थिति बाक्लो रहेको बताउनु भयो । मन्दीको बेलामा व्यवसायीहरुलाई मेलाले उर्जा दिएको महशुस भएको बताउनु भयो । १८ गतेदेखि २१ गतेसम्म मेला सञ्चालन हुनेछ । मेलामा विभिन्न देशका ५ सय भन्दा बढी ब्राण्डका १ सय ५० बढी स्टलहरु रहेका छन् । मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरएक्श ट्रेड फेर एण्ड इभेन्ट्स प्रा.लि.ले संयुक्त रुपमा मेला सञ्चालन गरेको मेलामा निर्माण सम्बन्धि उद्योग, कम्पनी, डिलर तथा सब डिलरहरु र बिक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने ठाउँ हो । मेला बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन भइरहेको छ । ४ दिनसम्म चल्ने प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको बताउनु भयो । विगत ८ वर्षदेखि आयोजना गर्दै आइरहेको निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरु र यस क्षेत्रका नविनतम प्रविधिको बारेमा जानकारी गराउने एवं नेपालमा उत्पादन हुने सामग्री र प्रविधिहरुलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पु¥याउने उद्देश्य आयोजकले लिएको छ । —न्युज एजेन्सी नेपाल