नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चिनियाँ नाकालाई आयातमुखी भन्दा पनि निर्यात प्रवद्र्धनको रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।
शनिवार काठमाडौंमा भएको नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औं साधारण सभालाई सम्बोधन गर्दै परिसंघका अध्यक्ष मल्लले यस्तो बताउनुभएको हो । उहाँले केरुङ र तातोपानी नाकालाई निर्यात प्रवद्र्धनको रुपमा विकास गर्न दुवै नाकामा अन्तर्राष्ट्रिय स्तरको क्वारेन्टाइन ल्याव सरकारले राख्न आवश्यक रहेको बताउनु भयो । अध्यक्ष मल्लले दुवै नाकामा अन्तर्राष्ट्रिय स्तरको क्वारेन्टाइन ल्याव सरकारले राख्नसाथ नेपालको निर्यात प्रवद्र्धन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले क्वारेन्टाइनको अभावका कारण सामान गुणस्तर नहुने भन्दै नेपाली सामान चिनले निर्यात गर्न नचाहेको बताउनु भयो । उहाँले दुईवटा नाकाबाट धेरै चिनियाँ पर्यटकहरु नेपालमा आउने गरेको भन्दै नाका प्रयोग गरेर नेपाल भ्रमणमा आउने पर्यटकहरुलाई सहज बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले नाकाहरुलाई पर्यटन आगमनको प्रवेश बिन्दुको रुपमा विकास गर्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘चिनियाँ नाका हुँदै व्यवसाय गर्ने व्यवसायीहरुले आयातको साथै नेपालमा उत्पादित वस्तुहरुको निर्यातमा लाग्न आवश्यक छ । चिनियाँ नाकाबाट आयात मात्रै नभएर निर्यात प्रवद्र्धनका लागि केरुङ र तातोपानी नाकामा अन्तर्राष्ट्रिय क्वारेन्टाइन ल्याव राख्न आवश्यक छ । त्यो हुने बित्तिकै नेपालको निर्यात प्रवद्र्धन हुन्छ । क्वारेन्टाइनको अभावका कारण सामान गुणस्तर नहुने भनेर नेपाली सामान लिन मानेको छैन । यसमा नेपाल सरकारको ध्यान जान आवश्यक छ । दुईवटा नाकाबाट धेरै चिनियाँ पर्यटकहरु नेपालमा आउने गरेका छन् । नाका प्रयोग गरेर नेपाल भ्रमणमा आउने पर्यटकहरुलाई सहज बनाउनु पर्छ । पर्यटकहरुले नाकामा समस्या भोग्नुपरेका गुनासाहरु आउने गरेको छ । नाकाहरुलाई पर्यटन आगमनको प्रवेश बिन्दुको रुपमा पनि लिन सकिन्छ । नेपालले चीनसँग १ खर्ब ४५ अर्ब व्यापार घाटामा छौैं । पर्यटन प्रवद्र्धन र नेपाली जडिबुटीजन्य वस्तुहरुको निर्यात गर्न सकियो भने चीनसँगको व्यापार घाटा कम गर्नसक्छौं । चीनसँग नेपालले अर्बमा गरिरहेको निर्यात खर्बमा पुग्न सक्छ । सरकारले समयमा ऐन नियमहरु समयमा बनाएर जानुपर्छ । केरुङ र तातोपानी नाका जोड्ने सडक मार्गलाई ४ लेन बनाउन आवश्यक छ ।’
उहाँले चीनसँग नेपालको १ खर्ब ४५ अर्ब व्यापार घाटामा रहेको भन्दै पर्यटन प्रवद्र्धन र नेपाली जडिबुटीको निर्यात गर्नसके मात्रै पनि चीनसँगको व्यापार घाटा कम गर्न सकिने दाबी गर्नुभयो । उहाँले चीनसँग नेपालले अर्बमा गरिरहेको निर्यात खर्बमा पु¥याउन सरकारले समयमा ऐन नियमहरु बनाएर जानुपर्नेमा जोड दिनुभयो । उहाँले केरुङ र तातोपानी नाका जोड्ने सडक मार्गलाई ४ लेन बनाउन आवश्यक रहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल